Incident Reports

Prisoners clash in Gorkha jail

2018-07-11

Gandaki, Gorkha, Gorkha

Prisoners at Gorkha jail resorted to violent clash following a dispute over watching Television on July 11. According to reports, the incident occured when all the convicts were watching Television. Three prisoners were sent to District Police office for investigation into the case. Thus held were Binod Pandey,Dipesh Rai and Prakash Lama. टिभी हेर्ने विषयको विवादलाई लिएर गोरखा कारागारका कैदीबन्दीबीच कुटाकुट भएको छ । असार २७ गते राति कैदीबन्दीबीच भनाभन र कुटाकुट भएको जिल्ला गोरखा कारागारका प्रमुख शशिधर सुवेदीले बताए । ‘भित्र बस्दा सामान्य विवादमा भनाभन र कुटाकुट गरेछन् । हामीले राती नै कन्ट्रोल गर्‍यौँ ।’-उनले भने । कारागार घटनाको बारेमा कारगार व्यवस्थापन विभागमा जानकारी गराएको र सुक्ष्म ढङ्गले घटनाको अनुसन्धान भइरहेको उनले बताए । ‘प्रारम्भिक जानकारीमा टिभी हेरेर बसिरहेको ठाउँमा एउटाले तानेपछि झगडा सुरू भएको पायौँ ।’-‘उनले भने-‘तानातान पछि अर्कोले धकेल्यो, अर्कोले धकेल्यो गरेर झगडाले ठुलो रूप लिएछ ।’ घटनामा संलग्नताका आशङ्कमा विनोद पाण्डे, दिपेश राई र प्रकाश लामालाई राति नै कारागारबाट जिल्ला प्रहरी कार्यालयका हिरासतमा ल्याइएको छ । तत्काल घटना साम्य पार्न उनीहरूलाई जिल्ला प्रहरी कार्यालयका हिरासतमा राखिएको प्रहरीको भनाई छ । ‘घटनाको बारेमा त बुझदैछौँ । संलग्न हुन् की भन्ने आशङ्कमा उनीहरूलाई ल्याएका हौँ ।’-जिल्ला प्रहरी कार्यालय, गोरखाका डिएसपी महेन्द्र नेपालले भने । कुन्कुन् कैदीबन्दीबीच कुटाकुट भएको हो भन्ने बारे भने घटना अनुसन्धानको क्रममा रहेकाले केही बताउन नमिल्ने कारागार प्रशासन र प्रहरीले जनाएको छ । जिल्ला कारागार गोरखामा ९९ जना कैदीबन्दी रहेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Interpersonal
Primary Form Group Clash
Weapons None
Primary Cause Violence in prisons (violence by correction officers, prisoners etc.)
Actor 1 - Number of people 6
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 6
Actor 2 - Affiliation Citizen/Individuals
Actor 2 - Youth unknown
INSEC

0 Comments