Incident Reports

Three held with pistol in Lalitpur

2018-07-15

Bagmati, Lalitpur, Lalitpur

Police have arrested three people involved in buying and selling of German pistol from Nakkhipot, Lalitpur. A police team under Police Inspector Anil Thakuri arrested them. Krishna Bahadur Joshi of Likhu Duragaun, Ramechhap, Akuram Muktan of Ramechhap Doramba and Hemraj Poudel of Taplejung were held from Nakkhipot, Lalitpur. Police retrieved five rounds of bullets and two magazines from them. पेस्तोल किनबेच गरिरहेको अवस्थामा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। काठमाडौं प्रहरी परिसरका प्रहरी निरीक्षक अनिल ठकुरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले ललितपुरको नख्खिपोटबाट जर्मन मेड पेस्तोल किनबेच भइरहेको भन्ने सूचनाका आधारमा तीन जनलाई पक्राउ गरेको हो। काठमाडौं प्रहरी परिसरका प्रवक्ता डिएसपी मोहन थापाका अनुसार पक्राउ पर्नेमा रामेछाप दुरागाउँ लिखुका कृष्णबहादुर जोशी, रामेछाप दोरम्बाका आकुमार मुक्तान र ताप्लेजुङ घरभई नख्खिबोट ललितपुर बस्दै आएका हेमराज पौडेल रहेका छन्। उनीहरुको साथबाट ५ राउण्ड गोली र दुई थान म्याजिन पनि बरामद भएको प्रहरीले जनाएको छ। उनीहरुलाई पक्राउ गरेर ललितपुर प्रहरीको जिम्मा लगाइएको प्रवक्ता थापाले बताए। घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

0 Comments

Related Reports
Related Trend Analysis