Incident Reports

Six-year-old minor found dead

2018-07-15

Madhes, Parsa, Birgunj

A minor who had been missing from his home in Bairiya Pipara of Bahudarmai Municipality, Parsa since today morning was found dead in the evening. Local Shivaji Sah’s six-year-old son Ayub had gone out to play with his friends in the morning. He was found dead in a pond some 300 metres away from his home. Locals suspect it as an abduction and murder case and prevented police from extracting the body from the water. They demanded that police start its investigation by using sniffer dogs. Parsa Police SP Rewati Dhakal informed that a team with sniffer dogs had been called. “Once the team comes, we will extract the body from the water,” he said. बहुदरमाई नगरपालिका–२ बैरीया पिपरामा आइतवार बिहान साढे बजेदेखि हराएका एक बालक मृत अवस्थामा फेला परेका छन् । बिहान साढे आठ बजेतिर खाना खाएर खेल्न निस्किएका स्थानीय शिवजी साहका ६ वर्षीय छोरा आयुब साह घरबाट तीन सय मिटर उत्तरस्थित पोखरीमा आइतवार दिउँसो मृत फेला परेका हुन् । बिहान घरबाट निस्केका बालकको कसैले अपहरण गरी हत्यापछि पोखरीमा फालेको हुन सक्ने स्थानीयले आशंका गरेका छन् । पोखरीमा रहेको बालकको शव आइतवार बेलुकीसम्म स्थानीयले निकाल्न दिएका छैनन् । तालिम प्राप्त कुकर घटनास्थलमा ल्याएर अनुसन्धान गरेपछि मात्रै पोखरीबाट शव निकाल्नुपर्ने गाउँलेको माग छ । पर्साका प्रहरी उपरीक्षक रेवती ढकालले शव भेटिएको पोखरीको डिलमा घाँस मडारिएको देखिएकाले घटना शंकास्पद भएको बताए । गाँउलेहरुको माग अनुसार हेटौँडामा रहेको नेपाल प्रहरीको गणबाट तालिम प्राप्त कुकुरसहितको टोली मगाइएको छ । उक्त टोली आएपछि मात्र पोखरीबाट शव निकाल्ने जानकारी उनले दिए । यसअघि गत मंसिर १६ गते मृत भेटिएका बालकका ठूलो बुवा सञ्जय साहका १० वर्षीय छोरा सुमित कुमारको पनि हत्या गरिएको थियो । मंसिर १३ गतेदेखि घरबाट बेपत्ता सुमितको शव मंसिर १६ गते साँझ बहुदरमाई नगरपालिकाको नगरदाहा गाउँ नजिक पोखरीको डिलमा फेला परेको थियो । सुमितको हत्यामा संलग्नलाई प्रहरीले अहिले सम्म पनि पक्राउ गर्न सकेको छैन । जगरनाथपुर गाउपालिका–४ सुहपुरको बँगुली खोलाको छेउमा पनि आइतवार अपरिचित एक महिलाको शव फेला परेको छ । परिचय खुल्न नसकेकी ती महिलाको शव खोलाको छेउमा फेला परेको हो । सडेको अवस्थामा फेला परेको शव कसको हो भन्ने खुल्न नसकेकाले अनुसन्धान भइरहेको पर्साका प्रहरी उपरीक्षक ढकालले बताए । Update........................................ प्रहरीले बहुदरमाई नगरपालिका-२ बैरियाविर्ताका ६ वर्षीय आयुष साह र ११ वर्षीय सुमित साहको हत्याको अभियोगमा छिमेकी रिता देवीलाई पक्राउ गरी जिल्लामा राखेको छ। केहि दिनमै हत्याको रहस्य सुल्झिने प्रहरीले दावी गरेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Secondary Form Murder/attempted Murder
Weapons None
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
Total Abducted 1
Youth Abducted 1
National/Online Media , Local Newspaper - Dhanusha , Local Newspaper - Parsa , Local Newspaper - Bara , Local Newspaper - Rautahat

0 Comments