Incident Reports

23-year-old fired from job for being Dalit

2018-07-16

Gandaki, Lamjung, Rainas, Ward 6

A 23-year-old girl has been ousted from her job in Lamjung for being a Dalit. 23-year-old Apsara Nepali, a resident of Rainas municipality-6 was fired from her job because she belonged to the so-called low cast. She has requested INSEC for help. She was working as an Office Assistant at a health center in and her tenure had not yet expired. She had joined the office only 3 months ago. राइनास नपा-६ की २३ वर्षीया अप्सरा नेपालीले आफू दलित भएको कारणले जागिरबाट निकालिएको बताएकी छिन् । दलित भएका कारण सो नपामा रहेको स्वास्थ्यचौकीको कार्यालय सहयोगीको पदमा आफूलाई म्याद थप नगरिएको दावी गर्दै पीडितले असार ३१ गते दलित सेवा सङ्घ जिल्ला शाखा र इन्सेक लमजुङलाई न्यायका लागि सहयोग गर्न आग्रह गर्दै निवेदन दिएकी छन् । ०७५ साल वैशाख ४ गते जागिरमा नियुक्ति पाएकी अप्सराले जातीय विभेदका कारण तीन महिना बित्न नपाउँदै दलित भएकै कारण कार्यालय सहयोगीको जागिरबाट निकालिएको बताइन् । स्वास्थ्य चौकीका इञ्चार्ज राजेश दुलालले भने व्यवस्थापन समितिले म्याद थप नगर्ने भनेपछि ०७५ साल असार १८ गतेदेखि लागु हुने गरी उनको जागिरलाइ निरन्तरता दिन नसकिएको बताए । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष रूपकुमार तामाङले भने-‘उनले छोएको पानी कसैले नखाने भएपछि समितिले अप्सरालाई जागरिबाट बिदा दिनु परेको हो ।’ गत जेठ महिनामा सार्वजनिक रूपमा छुवाछुत भएको भनी कर्मचारीहरूका बीचमा विवाद समेत भएको थियो । ०७५ साल असार २० गते स्वास्थ्य कर्मचारी आवश्यकताको सूचना थाहा पाएको भएपनि आफूलाई फर्म भर्न समेत नदिएको उनको गुनासो छ । एक्काइसौँ शताब्दीमा समेत आफूलाई जातीय भेदभाव गरी आफ्नो मानव अधिकार हनन् भएको भन्दै न्यायका लागि दलित सेवा सङ्घ जिल्ला शाखा र इन्सेक लमजुङमा निवेदन दिएको उनले बताइन् । राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापाले यो विषयमा आफूलाइ जानकारी नभएको र घटनाको सत्यतथ्य पत्ता लगाएर दोषी उपर कारबाही गर्ने प्रतिबद्धता व्यक्त गरे ।

0 Comments

Related Reports
Related Trend Analysis