Incident Reports

Paschim Today: Project head arrested with bribe

2018-07-19

Sudurpashchim, Kailali, Dhangadhi

Ramannandan Yadav, the Kailai District head of Prime Minister Modern Agriculture Project was arrested with bribe amount. A team of CIAA regional office Mahendranagar had arrested Yadav with 25 thousand bribe amount. Gyanendra Dhakal the head of CIAA regional office, Mahendranagar said they have arrested after Yadav asked 25 thousand rupees bribe from journalist Sushil Dhungana from documentary project. कैलालीमा संचालित प्रधानमन्त्री आधुनिक कृषि परियोजनाका प्रमुख रामानन्दन यादवलाई घुससहित पक्राउ गरिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय महेन्द्रनगरको टोलीले उनलाई घुससहित पक्राउ गरेको हो । कैलारी गाउँपालिका–८, स्थित परियोजना कार्यालयबाट २५ हजार रुपैया घुससहित यादवलाई पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय महेन्द्रनगरका प्रमुख ज्ञानेन्द्र ढकालले जानकारी दिए । पत्रकार सुशील ढुंगानाबाट डकुमेन्ट्री निर्माण वाफतको ५० हजारबाट २५ हजार घुस मागेको सूचना आएपछि नगदसहित पक्राउ गरिएको अख्तियारले जनाएको छ । प्रवक्ता खिमानन्द पाठकको नेतृत्वको टोली यादवलाई पक्राउ हो । उनलाई अख्तियारको कार्यालय महेन्द्रनगर लगिएको छ । आयोगका प्रमुख ढकालले यादवलाई थप कारबाहीका लागि उनलाई काठमाडौं पठाइने बताए । प्रधानमन्त्री आधुनिक कृषि परियोजना अन्तरगत किसानलाई सहुलियत दरमा वितरण गरिने कृषि उपकरण खरिदमा पनि यादवले अनियमिमता गरेको आरोप लगाइएको थियो ।
Local Newspaper - Kailali , Local Newspaper - Kailali

0 Comments

Related Reports
Related Trend Analysis