Incident Reports

Complaint lodged against the accused for witchcraft allegation

2018-08-03

Gandaki, Gorkha, Dharche, Ward 6

A complaint against 27 years old Roshan Gurung has been lodged at District Police Office on August 2 on charge of alleging 55 years old Kali Gurung and 29 years old Min Kumari Gurung of Dharche Rural Municipality-6 for being witch. The victim Kali’s daughters Sunmaya and Ram Maya Gurung had lodged complaint at DPO . Both the victims were being socially neglected after they were alleged of being witch. ” On July 26,local Bhim Gurung died and my mother was alleged of being witch and responsible of his death,” said Sunmaya. The stomach of deceased Bhim was cut into pieces led by the team of Roshan in search of Lizard and Frog that was said to be fed by the witches however nothing was found according to locals. धार्चे–६ काशीगाउँमा मृतकको शव चिर्नेलाई पक्राउ गर्न गएका प्रहरी, स्थानीय जनप्रतिनिधि तथा बोक्सी आरोपबाट पीडित परिवारमाथि आक्रमण भएको छ। प्रहरी चौकी मान्बुबाट गएको प्रहरी टोली तथा जनप्रतिनिधि र पीडित परिवारमाथि शनिबार दिउँसो साढे एक बजे आक्रमण भएको हो। आक्रमणमा एक प्रहरी हवल्दार र एक सिपाही सामान्य घाइते भएका छन्। उनीहरूलाई जोगाउन गएका गाउँ कार्यपालिकाका सदस्य आशबहादुर घले र वडा सदस्य कान्ते गुरुङमाथि पनि उच्छृंखल समूहले कुटपिट गरेको वडाध्यक्ष धनकुमार घलेले जानकारी दिए। बोक्सी आरोपमा शव काट्नेविरुद्ध उजुरी दिने सोममाया गुरुङ र राममाया गुरुङको परिवारमाथि पनि गाउँलेले कुटपिट गरेका छन्। बोक्सीको आरोपबाट पीडित काली गुरुङ, उनकी छोरीहरू मीनकुमारी गुरुङ, सूचना गुरुङ र दिदी मित्रीमाया गुरुङमाथि आक्रमण भएको उजुरी दिन सदरमुकाम आएकी राममाया गुरुङले जानकारी दिइन्। ‘हाम्रो परिवार एकापट्टि र अरु सबै गाउँले अर्कोपट्टि भएका छन्। सबै गाउँले धुरिएर आमा र बहिनीहरूलाई कुटे’, अत्तालिँदै उनले भनिन्, ‘फोन गर्न खोज्यो, फोन पनि लाग्दैन। हामी २ बहिनी गाउँ जान भनेर गएको सबैले नजाओ, तिमीहरूलाई पनि कुट्छन् भने, अनि नारेश्वर पुगेर फर्कियौं। अब भोलि जान्छौं।’ आफूहरूमाथि नै बोक्सी आरोप लगाइएको र उल्टै आफूहरूमाथि नै आक्रमण भएको भन्दै उनले चिन्ता व्यक्त गरिन्। गाउँमा प्रहरी पुगेपछि हरेक घरको एकएक जनाका दरले कचहरीमा भेला भएका थिए। गाउँलेहरूले आरोपित रोशन गुरुङलाई मात्रै लैजान नदिने भन्दै हुलदंगा गरेपछि स्थिति नियन्त्रण बाहिर पुगेको गाउँ कार्यपालिका सदस्य घले बताउँछन्। ‘गाउँमा पुलिस आएपछि कचहरी भयो। अनि एक दुई जनालाई मात्र लैजान दिदैनौं, जिल्लाका मान्छे नै गाउँमा आउनुपर्छ भनेर हुलदंगा भयो। सम्हाल्न लाग्दा उल्टै हामीलाई पनि लात्तैलात्ताले हाने’, घलेले भने, ‘गाउँमा निकै तनाव भएको छ। प्रहरीलाई त मैले घरमा लगेर सुरक्षा दिएर राखेको छु।’ घटनापछि इलाका प्रहरी कार्यालय आरुघाटबाट इन्स्पेक्टर सुरज कार्कीको नेतृत्वमा १२ जना नेपाल प्रहरी र नौ जना सशस्त्र प्रहरीको टोली काशीगाउँ पठाइएको प्रहरी उपरीक्षक विमल बस्नेतले बताए। उनले प्रहरी कुटिएको भने अस्वीकार गरे। ‘सामान्य धकेलाधकेल भएको हो, कुटपिट भएको छैन’, उनले भने। गाउँमा निकै तनाव भएको छ। प्रहरीलाई त मैले घरमा लगेर सुरक्षा दिएर राखेको छुः आशबहादुर घले, सदस्य, धार्चे गाउँपालिका। बोक्सीको आरोपबारे अनुसन्धान प्रक्रिया नै प्रभावित हुने गरी आक्रमण हुनु दुःखद् घटना रहेको गोरखाका प्रमुख जिल्ला अधिकारी नारायण भट्टराईको भनाइ छ। ‘यो दुःखद् भयो। प्रहरीले अनुसन्धान गर्न पाउनुपर्छ’, प्रजिअ भट्टराईले भने, ‘घटनास्थलमा प्रहरी पुगेको छ। प्रहरीले कि समझदारीमा मान्छे पक्राउ गर्छ, छेकथुन भए बल प्रयोग गर्छ तर प्रहरी पछि हट्दैन।’ केही उच्छृंखल युवाहरूले साउन ११ गते मृतक भीम गुरुङको शव चिहानडाँडामा काटेका थिए। बोक्सी लागेर मरेको र त्यसरी मर्नेको शरीरभित्र सर्प, भ्यागुता र छेपारो रहेको प्रमाणित गर्न भन्दै उनीहरूले शव काटेका थिए। पेटबाट सर्प, भ्यागुता निकाल्ने भन्दै शव चिरियो ! स्थानीय काली गुरुङ र उनको परिवारमाथि बोक्सीको आरोप लगाउने स्थानीय रोशन गुरुङविरुद्ध शुक्रबार जिल्ला प्रहरी कार्यालयमा उजुरी परेको छ। बोक्सीको आरोपसम्बन्धी कसुर र सजाय ऐनले कसैलाई पनि बोक्सीको आरोप लगाउन नपाइने र आरोप लगाई कस्तो व्यवहार ग¥यो भन्ने आधारमा सजायको व्यवस्था गरेको छ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Extra-judicial response on basis of witchcraft allegations
Actor 1 - Number of people 10
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth unknown
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Police
Actor 2 - Youth unknown
Total Injured 2
National/Online Media , INSEC

0 Comments