Incident Reports

District leader of Naya Shakti party found dead, two arrested on suspicion

2018-08-05

Karnali, Jumla, Chandannath, Ward 5

Former District coordinator of Naya Shakti Party and central committee member 43 years old Radha Krishna Budhthapa of Chandannath Municipality-2 was found dead on August 5. His body was recovered near the Jugadhkhola at Chandan Nath Municipality-5. There is a deep cut on his head and the victim’s family said that he is murdered and demanded for the action against the guilt. Naya Shakti Party Jumla has released the press statement signed by district coordinator Narendra Nath Yogi on August 6 and demanded for the investigation of the incident. The body of the deceased was sent to Karnali Institute of health and science for postmortem according to inspector Prakash KC of DPO. Police has taken control of 29 years old Khadgajit Rokaya of Chandan Nath Municipality-6 and 42 years old Angle Lama on suspicion of their involvement in an incident. चन्दननाथ नपा-२ खोलकोट निवासी नयाँ शक्ति पार्टी जुम्लाका पूर्व जिल्ला संयोजक तथा केन्द्रीय सदस्य ४३ वर्षीय राधाकृष्ण बुढथापा मृत अवस्थामा फेला परेका छन् । साउन २० गते राति चन्दननाथ नपा-५ जुगाडखोला नजिकै उनको शव भेटिएको हो । मृतकको टाउकोमा धारिलो हतियारले चोट लागेको छ । मृतक बुढथापाका परिवारले हत्या भएको भन्दै घटनामा संलग्न पक्षलाई कारबाहीको माग गरेका छन् । नयाँ शक्ति पार्टी जुम्लाले घटनाको सत्यतथ्य पत्ता लगाई कारबाहीको माग गरेको छ । पार्टीको जिल्ला संयोजक नरेन्द्रनाथ योगीद्वारा साउन २१ गते जारी विज्ञप्तिमा उक्त माग गरेका हुन् । मृत अवस्थामा फेला परेका बुढथापाको शव कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाको शव घरमा राखिएको जिल्ला प्रहरी कार्यालयका इन्स्पेक्टर प्रकाश केसीले बताए । घटनाबारे अनुसन्धान भइरहेको र घटनामा संलग्न रहेको आरोपमा चन्दननाथ नपा-६ कासनलाइट होटलका मालिक २९ वर्षीय खड्गजित रोकाया र ४२ वर्षीय एङ्गल लामालाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । मृतकको शवको पोष्टमार्टम गर्ने प्रक्रियामा रहेको जनाइएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Unclear
Actor 1 - Number of people 2
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Naya Shakti
Actor 2 - Youth noyouth
Total Killed 1
INSEC

0 Comments