Incident Reports

Police and smugglers clash in Nawalparasi

2018-08-14

Police and smugglers clashed at Bhairahawa on Aug 12. According to reports, the clash errupted after police in civil uniform tried stopping a van at coming from Thuthibari at Danda,Bhairahawa.The van was illegaly carrying chicks. Two police officers got seriously injured on their heads in the clash. Witness said that the smugglers called help and jointly attaked the police officers. Later, they escaped in a van towards Parasi. पश्चिम नवलपरासीका सीमा नाकाबाट हुने अवैध कारोबार नियन्त्रण गर्न सुरक्षा निकायमाथि चुनौती बढ्दै गएको छ । पछिल्लो पटक जिल्लाको तोनवा, रगरगञ्ज, गेर्मी, महेशपुर, भुजहवा, गुठीप्रसौनी, रामनगर र पक्लीहवा नाकाबाट तयारी कुखुरा र चल्लाको तस्करी कार्य बढेको छ । तस्करी कार्यलाई रोक्न पुगेको सुरक्षाकर्मीमाथि तस्करले आक्रमण गर्न थालेपछि सुरक्षा निकायमाथि चुनौति थपिएको हो । आइतबार राति अवैध कार्य रोक्न पुगेको सुरक्षाकर्मी र तस्कर समूहबीच झडप भएको हो । भारतबाट कुखुराका चल्ला ल्याउँदै गरेको एक पिकअप भ्यानलाई सादा पोशाकमा खटिएका सुरक्षाकर्मीले रोक्न खोज्दा झडप भएको हो । भारतको ठूठीबारीबाट चल्ला ल्याउँदै गरेको जानकारी पाएपछि भैरहवाको डण्डाबाट प्रहरी पुगेका थिए । जिल्ला कुखुरा व्यवसायी संघले तस्करीबारे डण्डास्थित सशस्त्र प्रहरीलाई जानकारी गराएको थियो । अवैध चल्ला बरामद गर्न भैरहवाका पत्रकारसहित कारमा पुगेका सुरक्षाकर्मी र तस्कर समूहबीच झडप भएको हो । झडपका क्रममा दुई सुरक्षाकर्मीको टाउको फुटेको छ । सुरक्षाकर्मीले ल्याएको कारको सिसासमेत फुटेको छ। सुरक्षाकर्मीले गाडी रोकेपछि तस्करले अन्य व्यक्तिलाई बोलाएका थिए । तस्करको संख्या बढी भएपछि सुरक्षाकर्मीमाथि हातपात र गाडीमाथि तोडफोड भएको हो । तस्करसँग प्रतिकार गर्न नसकेपछि सुरक्षाकर्मी बेलासपुरस्थित सशस्त्र प्रहरी कार्यालयमा पुगेका थिए । हातपात र तोडफोडपछि चल्ला बोकेको गाडी परासीतर्फ भागेको प्रत्यक्षदर्शीले बताए । सशस्त्र प्रहरी उपरीक्षक गहार्धन राईका अनुसार घटनापछि राति नै सुरक्षाकर्मी भैरहवा गएका थिए । सुरक्षाकर्मीमाथि हातपात गर्ने र अवैध कार्यमा प्रयोग भएको सवारी साधन खोजतलास गरी कारबाही गर्नका लागि सशस्त्र प्रहरी कार्यालयबाट पत्रचार भएकाले त्यसबारे अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका उपरीक्षक राजेन्द्रप्रसाद भट्टले जानकारी दिए ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Twosided
Collective / Interpersonal Collective
Primary Form Group Clash
Weapons None
Primary Cause Other types of criminal activity
Actor 1 - Number of people 19
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth unknown
Actor 2 - Number of people 10
Actor 2 - Affiliation APF
Actor 2 - Youth unknown
Total Injured 2
Totally damaged Vehicles 1
National/Online Media

0 Comments