Incident Reports

Action demanded against corporal punishment in school

2018-08-14

Sudurpashchim, Darchula, Mahakali

The victim’s party of nine years old Dipesh Dhant studying at the standard 3 in Basanta Valley School in Khalanga said that he was severely beaten and injured by the teacher Bhawana Nath on August 14. He was beaten by the accused inside the school room. He sustained several bruises over the body according to student’s father Bikram Singh Dhant. The incident was revealed after the parents saw bruises over his body. According to the students, teacher Nath punished 5-6 students with stick on charge of coming late in the school. Corporal punishment is restricted in the school. The victim’s father said that the school has been informed about the incident and demanded for the action against the accused. Principal Khimananda Bhatta said that he will gather the information regarding the incident. खलङ्गास्थित बसन्त भ्याली पब्लिक स्कुलको कक्षा ३ मा अध्ययनरत नौ वर्षीय दिपेश ढाँटलाई सोही विद्यालयकी शिक्षिका भावना नाथले साउन २९ गते निर्घात कुटपिट गरी घाइते बनाएको पीडित पक्षले जनाएको छ । कक्षा कोठामै विद्यार्थीलाई लाठीले शरीरभरी निलडाम हुने गरी कुटपिट गरेको पीडित विद्यार्थीका बुवा विक्रमसिंह ढाँटले जानकारी दिए । ‘विद्यालयबाट घर फकिएर कपडा फेर्ने बेला छोराको शरीर भरी निलडाम देखियो ।’-उनले भने । शरीरमा के भयो भन्दा शिक्षिकाले कुटेको बताएपछि विद्यालयमा कुटपिट हुने गरेको खुलेको हो । शिक्षिका नाथको कुटपिटबाट पीडित विद्यार्थीको कम्मर तलपटि्टको भागमा निलडाम देखिएको छ । सोही विद्यालयका विद्यार्थीका अनुसार शिक्षिका नाथले ५-६ जना विद्यार्थीलाई लठ्ठीले कुटपिट गरेकी हुन् । कक्षामा ढिलो गरी पुगेकी शिक्षिकाले विद्यार्थीलाई कक्षाकोठामै लाइन लगाएर कुटपिट गरेको विद्यार्थीले आरोप लगाएका छन् । कुनै पनि विद्यार्थीलाई कुटपिट गर्न पाइँदैन तर निजी विद्यालयमा अध्ययनरत विद्यार्थीमाथि शिक्षिकाले निर्घात कुटपिट गरेको बारेमा विद्यालयलाई जानकारी गराइ सकिएको अभिभावक ढाँटले बताए । विद्यालयका शिक्षिका नाथले भने आफूले कुटपिट नगरेको दावी गरेकी छन् । उनले १०-११ जना विद्यार्थीलाई सामान्य सोधपुछ गरेको तर निर्घात कुटपिट नगरेको बताइन् । विद्यालय बन्द भइसकेपछि अभिभावकले फोन गरेर घटनाका बारेमा बताएपछि आफूलाई जानकारी भएको विद्यालयका प्रिन्सपल खिमानन्द भट्टले बताए । ‘घटना के भएको रहेछ सो बारेमा बुधबार बुझ्छु ?’-उनले भने । अभिभावकले फोनमार्फत जानकारी गराउने बेलासम्म शिक्षिका घर गइसकेको कारण घटनाबारे सत्यतथ्य बुझ्न नसकिएको उनको भनाई छ । अभिभावकले भने विद्यार्थीलाई कुटपिट गर्ने शिक्षिकामाथि कारबाही गर्नुपर्ने माग गरेका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Weapons Blunt weapon
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 5
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 1
Youth Injured 1
INSEC

0 Comments