Incident Reports

Ward chairperson man-handles resident for filing complaint

2018-08-15

A local resident of Aurahi Rural Municipality,ward number 2 was beaten by Chirperson,Amit Kumar Yadav, on Aug 16 for filing complaint against irregularities in development works carried out in the ward. The Chairperson slapped 27-year-old Chandan Pandit. Accordin to reports, Pandit was concerned about alleged irregularities in the construction of a 330 m road and drainage in Parwaha Gudi tole and suggested the authorities to do an audit of the finances before issuing money. Howeve, his complaint was rejected by the Chief Executive Officer, Subodh Thakur. Pandit was then stopped by Chairperson Yadav and slapped. Pandit later filed a complaint against the Chairperson for the offense. वडामा भएको विकास निर्माणको काममा अनियमितता भएको शंका लागेर गाउँपालिकामा उजुरी दिन जाँदा एक सर्वसाधारणलाई वडाध्यक्षले कुटपीट गरेको घटना सार्वजनिक भएको छ । धनुषाको औरही गाउँपालिका वडा नं. २ मा विकास निर्माणको काममा अनियमितता भएका भन्दै गाउँपालिका कार्यालयमा निवेदन दर्ता गराउन गएका स्थानीय २७ वर्षका चन्दन पण्डितलाई वडाध्यक्ष अमित कुमार यादवले झापड हानेका हुन् । वडा नं. २ परवाहा गुडी टोलमा नाला निर्माण र हुलाकी सडकदेखि भराख जानेबाटोमा ३ सय ३० मिटर पक्की सडक निर्माणमा योजना बमोजिम काम नभएर अनियमितता भएको भन्दै पण्डितले त्यसको लेखाजोखा र मूल्यांकन गरी मात्र रकम निकासा दिन गाउँपालिका कार्यालयमा गएको साउन १३ गते निवेदन दर्ता गराउन जानुभएको थियो । तर त्यो निवेदन प्रमुख प्रशासकीय अधिकृत सुवोध ठाकुरले दर्ता नगरेपछि फर्किने बेलामा वडाध्यक्ष यादवले बाटो छेकेर ‘के को निवेदन हो ?’ हेर्न मागेको तर नदिँदा खोसेर हेरी किन निवेदन दिन गएको भन्दै धाकधम्की गालीगलौज गर्दै झापडले हिर्काएको पीडित पण्डितले गुनासो गर्नुभयो । वडाध्यक्षबाट कुटिएका पण्डितले जिल्ला प्रशासन कार्यालयमा साउन १५ गते वडाध्यक्ष यादवमाथि कारवाहीको माग गर्दै उजुरी दिनुभएको छ । ‘वडामा सार्वजनिक निकायबाट भएको विकास निर्माणको विषयमा जान्न बुझ्न खोज्नु र एउटा सचेत नागरिकको हैसितले त्यसलाई रोक्न सम्बन्धित निकायमा पुग्नु मेरो हक हो कि होइन ?’ पीडित पण्डितले प्रश्न गर्दै भन्नुभयो ‘तर काममा चित्त नबुझे छानविन गरी मात्र भुक्तानी दिन भनि निवेदन दिन जाँदा वडाध्यक्षलाई के को आपत्ति ? बाटोछेकेर धाकधम्की दिने, कुटपीट गर्ने म माथि अन्याय भएको छ । वडाध्यक्षलाई कारवाही हुनुपर्छ । मैले न्याय पाउनुपर्छ ।’ यस विषयमा वडाध्यक्ष यादवले आफुले कुटपीट नगरेको दाबी गर्दै के निवेदन हो भनेर हेर्न मात्र खोज्दा उल्टै जथाभावी बोलेपछि पण्डितलाई हप्काएको बताउनुभयो । निवेदन दर्ता नभएको विषयमा औरही गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ठाकुरले पण्डितले मूल्यांकन गरी मात्र भुक्तानी दिन दिवेदनमा उल्लेख गरेकाले आर्थिक वर्षको अन्तमा भुक्तानी दिन समस्या हुने भएकाले निवेदन दर्ता नगरेको स्वीकार गर्नुभयो । उहाँले पण्डितलाई सम्झाई बुझाई गरेपछि निवेदन दर्ता नगराएको समेत दावी गर्नुभयो । यता प्रदेश नं. २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्र यादवले निवेदन दर्ता गराउन गएको निहुँमा वडाध्यक्षले कुटपीट गरको भए छानविन गरेर दोषीलाई कारवाही हुने बताउनुभयो ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
National/Online Media

0 Comments