Incident Reports

7 arrested with pistol and bullets

2018-08-21

Bagmati, Kathmandu, Kathmandu

Police have arrested seven people on a charge of extortion. They were arrested with a pistol, magazine and bullets from Kathmandu on Monday. The arrested are identified as Bupendra Rai, Sanit Rai, Mingma Sherpa, Raju Bhandari, Suresh Shrestha, Ronik Shrestha and Sujan Thapa Magar. Police are further investigating the case. गुण्डागर्दी गर्दै व्यापारीहरुलाई धम्काउने, तर्साउने, जवरजस्ती लुटपाट गर्ने जस्ता कार्यमा संलग्न ७ जनालाई रिवल्भर १ थान, सोको म्याग्जीन १ थान, गोली ४ राउण्ड सहित प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा काठमाडौं नारायणटार बस्ने खोटाङ्ग हलेसी च्यासमिटार घर भएका २१ वर्षीय भुपेन्द्र राई, सिफल बस्ने भोजपुर खावा घर भएका २३ वर्षीय सनित राई, चावहिल बस्ने सोलुखुम्वु तम्वु घर भएका २६ वर्षीय मिङ्मा शेर्पा, बौद्ध बस्ने काभ्रे कोशीपारी सिमथली घर भएका ३५ वर्षीय राजु भण्डारी , भक्तपुर ठिमी घर भई चावहिल वस्ने १८ वर्षीय सुरेश श्रेष्ठ, चावहिल मित्रपार्क बस्ने चितवन भरतपुर हाकिम चोक घर भएका २३ वर्षीय रोनिक श्रेष्ठ र रामेछाप डोडखानी घर भएका २६ वर्षीय विमल भन्ने सुजन थापा मगर रहेका छन् । महानगरीय प्रहरी परिसर काठमाडौवाट खटिएको प्रहरी टोलीले उनीहरुलाई सोमबार शंकास्पद रुपमा ग्याङ्ग वनाई हिँडिरहेको अवस्थामा उक्त हतियार र गोली सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले अन्य आवश्यक अनुसन्धान गरिरहेको छ ।
Police website , Local Newspaper - Makwanpur

0 Comments

Related Reports
Related Trend Analysis