Incident Reports

Principal beats female students for making noise in hostel

2018-08-22

Gandaki, Tanahun, Byas, Ward 3

The principal of Byas municipality-3 based Barahi residential boarding school, Laxman Tamrakar has beaten 3 female students for allegedly making noise in the hostel. According to the victims, Tamrakar, beat 16-year-old Kabita Ale, Ekika Ale and Krishna Shrestha of grade 10 on August 22 for making noice the previous night. The girls sustained swollen knee due to the beating and were treated at Damauli hospital, informed Bimala Ale, a mother of one of the victims. She also stated that the girls had cried the previous night after they were frightened. Principal Tamrakar claimed that he had beaten the girls only slightly for making noise and dancing in the hostel at night. व्यास नपा-३ दमौली स्थित बाराही आवासीय बोर्डिङ स्कुलका प्रधानाध्यापक लक्ष्मण ताम्राकारले होस्टेलमा हल्ला गरेको भन्दै तीन छात्रामाथि कुटपिट गरेको पीडित पक्षले आरोप लगाएको छ । पीडितका अनुसार प्रधानाध्यापक ताम्राकारले विद्यालयकै होस्टेलमा बस्ने कक्षा १० मा अध्ययनरत १६ वर्षीया कविता आले, एकिका आले र कृष्टिना श्रेष्ठलाई भदौ ६ गते बिहान कुटपिट गरेका हुन् । भदौ ५ गते राति होस्टेलमा छात्राहरूले हल्ला गरेको भन्दै प्रधानाध्यापक ताम्राकारले होस्टेलमा गई बाँसको लौराले कुटपिट गरेका थिए । कुटपिटबाट बालिकाहरूको गोडा सुन्निएको र दमौली अस्पतालमा उपचार गरिएको पीडित बालिका कविताकी आमा बिमला आलेले बताइन् । राति होस्टेलमा सुत्ने बेलामा डराएर चिच्याएपछि बिहान साढे ६ बजे प्रधानाध्यापक ताम्राकारले आएर पिटेको बिमला आलेको भनाई छ । ‘राति डर लागेपछि नानीहरू कराएका रहेछन् ।’-उनले भनिन्-‘हल्ला गरेको निहुँमा प्रधानाध्यापकले कुटपिट गरेछन् ।’ बोर्डिङ्गका प्रधानाध्यापक ताम्राकारले भने रातभर हल्ला गरेपछि आवेशमा आएर आफूले उनीहरूलाई सामान्य कुटपिट गरेको बताए । ‘उनीहरू रातभर हल्ला गर्ने, नाच्ने गाउने गरेका थिए ।’-उनले भने-‘सम्झाउने कोसिस गर्‍यौँ । उल्टै मुखमुखै लागेपछि सामान्य रूपमा मात्रै कुटपिट गरेको हुँ ।’ ताम्राकारले उनीहरू अनुशासनमा नबसेको र पहिलापहिला पनि सम्झाउने कोसिस गरिएको बताए । यो समाचार तयार पार्दासम्म पीडित पक्षले कतै पनि उजुरी गरेको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Primary Cause Violence in school/university (violence by teachers, hazing, etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Education sector/teachers (private and public)
Actor 1 - Youth unknown
Actor 2 - Number of people 3
Actor 2 - Affiliation (Target) Students
Actor 2 - Youth youth
Total Injured 3
Female Injured 3
Youth Injured 3
INSEC

0 Comments