Incident Reports

Election Campaign Vehicle of NC Poll Candidate Torched

2013-10-29

Dhankuta,Congress ummedvaarko gaadima aagjani. Dhankuta/October 30 The vehicle used for the election campaign by the NC poll candidate from Constituency number 2 , Ananda Santoshi Rai has been set on fire on the night of October 29. The vehicle with registration number Me1Ja 237 was torched by CPN-M, CPN Unified and Manch-affiliated Federal Limbuwan State Council cadres as per the decision of 33 parties, CPN-M district secretary Gopal Bishwakarma said. The arson took place at night in front of Rai's resident at Sangam Chok in Dhankuta Municipality-7. Driver of the vehicle had learned about the incident only in the morning. Meanwhile, DSP Rameshor Karki of District Police office said that the group involved in the incident has not been identified yet and the investigation of the incident is underway. The incident site is 100m away from the District Police Office. Santosh Ruchal धनकुटा क्षेत्र नम्बर २ का काङ्ग्रेस उम्मेदवार आनन्दसन्तोषी राईले चुनावी अभियानमा प्रयोग गर्दै आएको गाडीमा कात्तिक १२ गते राति आगजनि गरेका छन् । ३३ दलिय मोर्चाको निर्णय अनुसार नेकपा-माओवादी, नेकपा एकिकृत र मञ्च संबद्ध संघीय लिम्बूवान राज्य परिषदका कार्यकर्ताले गाडीमा आगजनि गरेको नेकपा एकिकृतका सचिव एवम् मोर्चाका संयोगक गोपाल विश्वकर्माले बताए । आगजनिबाट राईले प्रयोग गर्दै आएको मे १ ज २३७ नं. को गाडीको टायर र मुनिको भागमा क्षति पुगेको छ । मंगलबार घोर्लिखर्क गाबिसमा चुनावी अभियान सकेर धनकुटा नगरपालिका नपा-७ संगमचोक स्थित राईकै निवास नजिक राखिएको अवस्थामा गाडीमा आगजनि भएको हो । राती नै आगजनि भएको भए पनि कात्तिक १३ गते बिहान मात्र थाहा पाएको गाडी चालक थरेन्द्र पोख्रेलले बताए । राती करिव १ बजेतिर आगजनि भएको अनुमान गरिएको भए पनि बिहान ८ बजे मात्र प्रहरी घटना स्थल पुगेको थियो । जिल्ला प्रहरी कार्यालयले गाडी आगजनि गर्ने समूहको पहिचान भईनसकेको र अनुसन्धान जारी रहेको प्रवक्ता डिएसपी रामेश्वर कार्कीले बताए । घटना जिल्ला प्रहरी कार्यालयबाट एक सय मीटरको दुरीमा रहेको छ । सन्तोष रुचाल

0 Comments

Related Reports
Related Trend Analysis