Incident Reports

Socket Bomb Defused

2013-11-05

Madhes, Rautahat, Baudhimai

Sunsari/November 5 Bomb disposal team of Nepal Army has deactivated the socket bomb placed in front of the building of Construction Entrepreneurs Association in Inaruwa Municipality-7 on November 5. Police had cordoned off the area after a local Mahesh Dahal informed police about the suspicious thing. Army team had defused the bomb after taking it to a paddy field 200 meters away from the site. SP Ganesh Bahadur Thapa of the District Police Office said that the bomb might have been place to terrorize the locals. According to police, the motive and group involved in the incident is searched for. Police said that security has been tightened off following the incident. Sukdev Chaudhary सदरमुकाम इनरुवा नपा-७ स्थित निर्माण व्यवसायी संघ भवनको मूल गेटमा राखिएको सकेट बम नेपाली सेनाको डिस्पोजल टोलीले कात्तिक १९ गते दिउँसो निष्कृय पारेको छ । स्थानीय महेश दाहालले संकास्पद बस्तु फेला परेकाले बम हुन सक्ने आशंकामा प्रहरीलाई जानकारी गराएपछि प्रहरीको टोली त्यस ठाउँलाई घेराहाली सुरक्षित गरेको थियो । प्रहरीले निष्कृयको लागि नेपाली सेनाको डिस्पोजल टोली बोलाई घटना स्थलबाट बमलाई उठाएर दुई सय मिटर पर पश्चिम तर्फको धान खेतमा लगि डिस्पोज गरेको हो । जिल्ला भुमि सुधार कार्यालय, जिल्ला प्रशासान कार्यालय र बिहीबारे हाटको बाटोमा प्रहरीले निषेधीत क्षेत्र घोषणा गरी सो बम डिस्पोज गरेको सुनसरीका एसपी गणेशबहादुर थापाले जानकारी दिए । थापाका अनुसार स्थानीयहरूलाई त्रसाउनका लागि सकेट बम राखेको जानकारी दिए । डिस्पोजको सयममा इनरुवाको निर्माण व्यवसायी संघको आसपास क्षेत्रमा दुई घण्टासम्म सुरक्षा व्यस्था कडा गारिएको थियो । बम कस्ले र किन राखेको भन्ने विषयमा केही खुलेको छैन् भने घटनाको सम्बन्धमा थप अनुसन्धान भई रहेको र बम राख्नेहरूको खोजी समेत तिव्र पारिएको प्रहरीले जानकारी दिए । चार्डपर्व तथा संविधानसभाको निर्वाचन नजिकीएसँगै बम राखेपछि स्थानीय त्रसित बनेको थियो । बसको घटनासँगै इनरुवामा सुरक्षा व्यवस्था कडा पारिएको प्रहरीले जानकारी दिए । सुकदेव चौधरी

0 Comments

Related Reports
Related Trend Analysis