Incident Reports

Bomb Found near UCPN-M Assembly

2013-11-06

A bomb has been found near the election assembly of UCPN-M at Neta bazaar in Baphikot VDC-1 on November 6 morning. Poll candidate of UCPN-M from constituency no. 2 Janardan Sharma was to address the assembly. Police team in patrol had found the bomb wrapped in red cloth with danger sign near the gate of the assembly. According to chief of "The Famous Mahindra Dal Battalion" Abhiraj Acharya, the bomb was defused by the disposal team of Nepal Army. He said that the bomb might have been placed with the purpose of terrorizing the people. Security has been tightened in the places near the assembly. Baphikot is considered as a strong hold of CPN-M. CPN-M had taken out a torch-rally in the evening on November 5. UCPN-M has blamed CPN-M of planting the bomb. The program continued after the bomb was diffused by Nepal Army. एकीकृत नेकपा माओबादी रुकुम २ का उम्मेदवार जनार्दन शर्माले सम्बोधन गर्ने चुनावी सभास्थल नजिकै बम फेला परेको छ। बाँफिकोट नेटाबजारमा हुन लागेको एकिकृत माओबादीको सभा स्थल नजिक अज्ञात समुहले राखेको बम फेला परेको प्रहरीले जनाएको छ। सभा स्थल नजिकै रहेको गेटमा रातो कपडामा खतरा लेखेको बम इलाका प्रहरी कार्यालय बाफीकोट बाट गस्तीमा गएको प्रहरीले बिहान उक्त बम फेला पारेको थियो। बम भेटिएको स्थान र इप्रका करिब पाच मिनेटको दुरीमा छ। उक्त बम सदरमुकाम बाट गएको नेपाली सेनाको दि फेमश महिन्द्र दल गणको बम डिस्पोजल टोलीले निस्कृय पारेको गणपति अभिराज आचार्यले बताए। यस्तो बम आतंकित पार्नको प्रयोग हुने भएकाले कुनै समुहले राखेको हुनसक्ने गाणपति आर्चायले जानकारी दिए। बम भेटिएको हल्ला चलेपछि जनजीवन केही समय आतकित समते बनेको थियो । बम कसले राखेको हो भन्ने स्पष्ट हुन सकेको छैन। सभा स्थल वरपर सुरक्षा ब्यवस्था कडा बनाइएको छ। बाफीकोट नेकपा माओबादीको पकड एरिया मानिन्छ। मंगलबार साँझ मात्र नेकपा माओवादीले बाफीकोटमा मसाल जुलुस निकालेको थियो। एनेकपा माओबादीले भने उक्त बम बैद्य समुहले राखेको आरोप लगाएको छ। एनेकपा माओबादीको कार्यक्रम स्थलमा बम फेला परेको पहिलो घटना हो। बम निष्कृय भएपछि सभालाइ एनेकपा माओबादीका उम्मेद्धार जर्नादन शर्माले सम्बोधन गरेका थिए । नेपालमै पहिलो पटक तत्कालिन विद्रोही माओबादीले बाफीकोट बाट जनसरकार घोषणा गरि आफनो जनसत्ता संचालन गरेको इतिहास छ । उक्त स्थानहरुमा बैद्य कार्यकर्ताहरुले एमाओबादीलाइ बहिष्कारको अभियान सुरु गरेका छन। गाउँहरुमा टाँसिएका पोष्टरहरु च्यातिदिएका छन्।

0 Comments

Related Reports
Related Trend Analysis