Incident Reports

अपहरणपछि हत्या गरिएको अवस्थामा शव फेला

2018-09-10

Province 1, Sunsari, Dewanganj, Ward 5

देवानगञ्ज गाउँपालिका–५ साहेवगञ्जका २५ वर्षीय सन्दीप यादवको अपहरणपछि भदौ २७ गते हत्या भएको छ । यादवको शव भारतको फारविसगञ्जमा २७ गते फेला परेको हो । २५ गते राति घरमा सुतिरहेका यादवलाई अज्ञात समूहले अपहरणको शैलीमा लगेको मृतकका दाजु अशोक यादवले बताए । २६ गते बिहान नेपाल प्रहरीलाई भाइ हराएको खबर दिएको एकदिन पछि २७ गते घाँटी थिचेर र आँखा फुटाएर हत्या गरिएको अवस्थामा शव फेला परेको अशोकले बताए । भारतीय प्रहरीसँग २७ गते समन्वय गरी २८ गते बिहान २ बजे शव नेपाल ल्याएर जिल्ला अस्पतालमा पोष्टमार्टम गरिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी ज्ञानेन्द्र फुयाँलले बताए । घटनामा संलग्नहरुको खोजी भईरहेको प्रहरीले जनाएको छ ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Secondary Form Murder/attempted Murder
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
INSEC

0 Comments

Related Reports