Incident Reports

NC Violates Election Code of Conduct

2013-11-07

Khotang, Nepali congressbata achaarsanhita ullanghan. Khotang/November 7, NC has violated election Code of Conduct (CoC) by pasting posters of NC candidate Bishnu Kumar Rai on top of the poster of poll candidate of Federal Socialist Party (FSP) on November 6 at Chhitapokhari VDC. Yugasan Rai, district member of FSP claimed that NC Cadres pasted their posters on top of poster of FSP candidate San Bahadur Rai. The election CoC has restricted anyone to paste the posters on top of the posters of other poll candidate or political parties. District Member of NC Suman Babu Acharya said the posters might have been pasted mistakenly. He added that efforts would be taken to mend the mistakes of his cadre. According to CoC Monitoring Coordinator Yadu Bikram Thapa, pasting posters on top of posters is a violation of CoC and warning would be issued in such incidents. DM Chamling Rai चुनाव प्रचार/प्रसारको क्रममा नेपाली काङ्ग्रेसले निर्वाचन आचारसंहिताको उल्लङ्घन गरेको छ । छितापोखरी गाविसमा कात्तिक २० गते सङ्घीय समाजवादी पार्टीले टाँसेको पर्चामाथि काङ्ग्रेस कार्यकर्ताले विष्णुकुमार राईको पर्चा टाँसेर आचारसंहिताको उल्लङ्घने गरेका हुन् । चुनाव प्रचारप्रसार गर्ने क्रममा नेपाली काङ्ग्रेसका कार्यकर्ताहरूले आफ्नो पर्चामाथि उनीहरूको पर्चा टाँसेको संघीय समाजवादी पार्टीका जिल्ला सदस्य युगसन राईले बताए । निर्वाचन आचारसंहितामा कुनै राजनीतिक दल वा उम्मेदवारले टाँसेको पर्चामाथि आफ्नो पर्चा टाँस्न नहुने उल्लेख भए पनि नेपाली काङ्ग्रेसले आचारसंहिता विरुद्ध आफ्नो पर्चा टाँसेका हुन् । संघीय समाजवादी पार्टीका क्षेत्र नं. २ का उम्मेदवार सनबहादुर राईको पर्चामाथि काङ्ग्रेस क्षेत्र नं. २ का उम्मेदवार विष्णुकुमार राईको पर्चा टाँसेर आचारसंहिताको उल्लङ्घन गरेका हुन् । नेपाली काङ्ग्रेसका जिल्ला सदस्य सुमनबाबु आचार्यले नियतवश अन्य पार्टीको पर्चामाथि आफ्नो पर्चा नटाँसिएको र कुनै ठाउँमा झुक्किएर टाँसिएको हुनसक्ने बताए । यसरी टाँस्नु आफ्नो पार्टीको कार्यकर्ताको कमजोरी भएको बताउँदै त्यसलाई सुधार गर्ने उनको भनाइ छ । जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन संयोजक यदुविक्रम थापाले अर्काको पर्चामाथि आफ्नो पार्टीको पर्चा टाँस्नु आचारसंहिता विपरीत हुने र त्यस्तो पाइएमा तत्कालै सचेत गराईने बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis