Incident Reports

Annapurna: ससुराली घरमा बस्दै आएका डाक्टरको लहानबाट अपहरण ।

2018-09-25

Madhes, Siraha, Lahan, Ward 1

लहान बजारको मुख्य चोकबाट मंगलबार साँझ करिब ७ बजे एकजना डाक्टर अपहरणमा परेका छन् । साँझ बजारबाट घुमेर लहान नगरापलिका–१ स्थित ससुराली घरतर्फ जाँदै गरेका डा. सुभाष यादवलाई जीपमा आएको अपरिचित समूहले अपहरण गरेको इलाका प्रहरी कार्यालय लहानका डीएसपी राजेश थापाले जानकारी दिए । अपहरित डा. यादवको खोजीमा जुटेका डीएसपी थापाले भने, ‘हामी खोज्दैछौं, तर अझैसम्म अवस्था पत्ता लाग्न सकेको छैन ।’ हेटौँडामा गर्दै आएका डा. यादव एक महिनादेखि लहान–१ स्थित ससुराली घरमा बस्दै आएको पारिवारिक स्रोतलाई उद्धृत गर्दै थापाले बताए । यादवको अपहरण त्यही कारणले भएको हुनसक्ने आशंकासहित खोजी भइरहेको उनले सुनाए । अपहरणस्थल लहानको चल्तीको चोक र नजिकै तरकारी बजार भएकोले त्यहाँ अबेर रातिसम्म मानिसको चहलपहल भइरहन्छ । इलाका प्रहरी कार्यालयबाट करिब पाँच सय मिटर पश्चिम र जिल्ला ट्राफिक प्रहरी कार्यालयबाट पनि त्यही दूरीमा पर्छ अपहरणस्थल । घटनाको विस्तृत जानकारी प्राप्त भइसकेको छैन ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Abduction
Weapons Unclear
Primary Cause Unclear
Actor 1 - Number of people NA
Actor 1 - Affiliations Unclear
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth unknown
Total Abducted 1
National/Online Media

0 Comments