Incident Reports

Girl student restricted to go to school during their menstrual period

2018-10-04

Sudurpashchim, Bajura, Tribeni, Ward 4

The students (girl) from Tolidebal Danda High School at Triveni Municipality-4 are deprived of going to school during their menstrual cycle. They were deprived of going to school at least 5-7 days in a month during their period as there is a temple inside the school premises. There is a superstition that god will be unhappy if they enter the school premises during the cycle as there is a temple in the premises. A student Geeta Kumari Joshi of the school said that they could not go to the school because of having temple in the school premises. The parents and a community have restricted them to go to the school depriving their right to study. There are 100 students in the school of which 738 students girls. At least 50% of the girl students do not come to the school during their menstrual period according to teacher Tek Raj Giri. This superstition is very hard to remove immediately however discussion with parents and community is undergoing to improve it said the school management. त्रिवेणी नगरपालिका-४ मा रहेको तोलीदेबल डाँडा उच्चमाविमा अध्ययनरत छात्राहरू महिनावारी भएको बेला विद्यालय जानबाट वञ्चित हुँदै आएका छन् । विद्यालय परिसर भित्रै देवताको मन्दिर भएकाले छात्रा विद्यार्थीहरू महिनामा ५ देखि ७ दिनसम्म विद्यालयमा अनुपस्थित हुने गरेका हुन् । विद्यालय परिसर भित्र मष्टा देवताको मन्दिर राखिएकाले देवता रिसाउँछन् भन्ने डरले महिनावरी भएको समयमा छात्राहरू विद्यालय अनुपस्थित हुने गरेका हुन् । विद्यालय हाता भित्रै देवीदेवताका मन्दिर राखिएका कारण आफूहरू महिनावारी भएको बेला विद्यालयमा नजाने गरेको नौ कक्षामा अध्ययनरत छात्रा गीताकुमारी जोशीले बताइन् । विद्यालय परिसर भित्रै देवताको मन्दिर राखिएकाले अभिभावक र समुदायले महिनावारी भएको समयमा विद्यालय जानबाट वञ्चित गरेका हुन् । जसका कारण पढाइमा बाधा पुगिरहेको विद्यालयमा अध्ययनरत छात्राहरूले गुनासो गरेका छन् । कक्षा १ देखि १२ सम्म पठनपाठन हुने यस विद्यालयमा १ हजार विद्यार्थीहरूमध्ये ७ सय ३८ जना छात्राहरू अध्ययनरत छन् । महिनावारी भएको समयमा विद्यालयमा ५० प्रतिशत छात्राहरू विद्यालयमा नआउने गरेको शिक्षक टेकराज गिरीले बताए । निमित्त प्रधानाध्यापक विष्णुप्रसाद ओझाले भने-‘विद्यालय परिसर भित्र देवताको मन्दिर राखिएको छ । विद्यालय अन्यन्त्र लैजान भौतिक र आर्थिक हिसावले सम्भव छैन । महिनावारी भएको समयमा पुरानो रितिरिवाज र मुल्यमान्यताका कारण छात्राहरू आफैँ विद्यालय आउन सक्दैनन् । अभिभावकले पनि आउन दिँदैनन् ।’ त्रिबेणी नगरपालिकाकी उपमेयर राधिका सुनारले पुरानो परम्परालाई समाजमा एकैचोटी परिवर्तन गर्न नसकिने भएकाले तोलीदेवल डाँडा माविसँग सरोकार राख्ने अभिभावक, शिक्षक र विद्यार्थीहरूसँग छलफल भइरहेको बताउँदै देवताको मन्दिर र विद्यालय मध्ये एउटालाई व्यवस्थापन गर्ने तयारी रहेको जानकारी दिइन् । विद्यालयमा छात्रामैत्री शौचालय नहुनु, ‘छाउ’ भएको बेलामा सेनेटरी प्याडको व्यवस्था नहुनु, विद्यालय परिसर भित्रै देवीदेवताका मन्दिर राखिनुजस्ता समस्याले छात्राहरूको पढाइमा बाधा पुग्ने गरेको छ ।

0 Comments