Incident Reports

Three Nepali women rescued from India

2018-10-09

Bagmati, Kathmandu, Kathmandu

Three Nepali women have been rescued from Maharastra of India recently, who had become victims of human trafficking. A joint team of Manakamna Ekta Foundation and Prahar Janashakti Party of India rescued the girls during their raid in a house at Virar, Maharastra following a tip off by an unknown caller. Those rescued are namely Srijana Budathoki aged 22, from Khotang, Somali Tamang aged 27, from Kavre, and Simkumari Bhujel, aged 33, from Durgapur, according to a press release issued by the Manakamna Ekta Foundation. The organization stated in the press release that the three women held captive in a room for one month, who were brought to Mumbai via Sunauli-Gorakhpur border point. It was revealed during the police interrogation at Police Control Virar that the trafficked women were offered jobs in Oman before taking them to India by their Nepali agents. With the help of police, Manakamna Ekta Foundation and Prahar Janashakti Party of India rescued the trafficked Nepali women. The Virar police arrested two agents Shakil Yousuf Khan and Abdul Kayuum Noor Mohmad in this connection. The organization said that the girls will be sent to Nepal after their case is over at the local court. ओमनमा जागिर लगाइदिने भन्दै दलालले भारत पु-याएका तीन नेपाली महिलाको उद्दार गरिएको छ। मनकामना एकता फाउन्डेसन र प्रहार जनशक्ति पार्टीले उत्तरी मुम्बइको एउटा घरमा बन्धक बनाएर राखिएका तीन महिलाको उद्दार गरेको हो। फाउन्डेसनका अध्यक्ष मोतिलाल न्यौपानेलाई एक अपरिचित व्यक्तिले फाेनमा तीन महिलालाई एक घरमा बन्धक बनाएको सूचना दिएपछि उनको पहलमा महिलाहरुको उद्दार गरिएको हो। न्यौपानेले फाउन्डेसनका अन्य पदाधिकारीलाई खबर गर्दा फाउन्डेसनका पदाधिकारी कम्लेश सिंह जनशक्ति पार्टीको कार्यकर्ता रहेको र उनले आफ्नो पार्टीलाई खबर गरेपछि प्रहरीको सहयोगमा उनीहरुको उद्दार भएको हो। उद्दार गरिएकामा खोटाङकी २२ वर्षीया सिर्जना बुढाथोकी, काभ्रेकी २७ वर्षीया सोमाली तामाङ र ३३ वर्षीया सिम कुमारी भुजेल रहेका छन्। उनीहरुलाई बन्धक बनाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा जकिन युसुफ खान र अबदुलकायुम नुर छन्। उनीहरुलाई पक्राउ गरेर भारतिय प्रहरीले थप अनुसन्धान गरिरहेकाे छ। फाउन्डेसनका अनुसार ओमनमा उनीहरुलाई २५ हजारको काममा लगाइने प्रलोभन देखाई काठमाडौंबाट एजेन्ट देव तामाङले नेपालबाट उडाउन गाह्रो हुने भन्दै सुनौली नाकाबाट भारत पठाएका थिए। उनीहरुलाई एक महिनासम्म पनि कतै नपठाएपछि उनीहले ओमन पठाउन आग्रह गर्दा थप ५५ हजार भारु भाग गरेको दुखेसो पोखेको फाउन्डेसनले जनाएको छ। भारतस्थित नेपाली दूतावासले पनि तीन नेपाली महिलाको उद्दार गरिएको जानकारी दिँदै माइती इन्डिया र एकता फाउन्डेसन मार्फत नेपाल पठाउने तयारी भइरहेको जनाएको छ।

0 Comments