Incident Reports

UCPN-M Cadres Pelt UML Cadres with Stones

2013-11-11

Sindhuli,UML karyakarta laai dhunga prahar. Sindhuli /November 11 UCPN-M cadres have hurled stones at UML cadres at Majhuwa of Tadi VDC-6 on November 11 evening. The UML cadres who had reached Majhuwa jungle during their door to door campaign were attacked with stones by UCPN-M cadres from the top of a hill. According to UML District Chairperson Pradip Katuwal, seven motorcycles were vandalized in the attack. According to DSP Narendra Prasad Upreti, a clash was avoided as police team was immediately deployed in the site. The poll candidates of UCPN-M Rajan Dahal and Ganesh Pahadi of UML from constituency no. 1 were present at the site when the incident occurred. UCPN-M cadres said that today’s attack was reply to the attack of the UML cadres on UCPN-M vehicle yesterday. Ananda Dahal टाँडी गाविस-६ को मझुवामा एमाओवादीका कार्यकर्ताले एमाले कार्यकर्तालाई कात्तिक २५ गते साँझ ढुङ्गा प्रहार गरेका छन् । घरदैलो अभियान गर्दै हिड्ने क्रममा मझुवा जंगलमा पुगेका एमाले कार्यकर्तालाई एमाओवादीका कार्यकर्ताहरूले सडकमाथिको डाँडाबाट ढुङ्गा प्रहार गरेका थिए । माओवादीको आक्रमणमा आफ्नो पार्टीको सातओटा मोटरसाइकल तोडफोड भएको एमालेका जिल्ला अध्यक्ष प्रदीप कटुवालले बताए । एमाओवादीको ढुङ्गा प्रहारपछि दुवैपक्षबीच झडप भएको खबर पाएर तत्कालै प्रहरी घटनास्थलमा पुगेर तितरवितर पारेकोले मानवीय क्षति हुन नपाएको डिएसपी नरेन्द्रप्रसाद उप्रेतीले बताए । माओवादीले सुनियोजित ढङ्गले आक्रमण गरेको एमालेका अध्यक्ष कटुवालले बताएका छन् । निर्वाचन क्षेत्र नं. १ को सो क्षेत्रबाट एमाओवादीका राजन दाहाल र एमालेका गणेश पहाडी संविधानसभा सदस्यका उमेदवार छन् । सो झडप भएको समय दुवै पार्टीका उम्मेदवारहरू घटनास्थलमा नै रहेका थिए । एमालेले हिजो एमाओवादीको गाडी तोडफोड गरेको घटनाको प्रतिकारका रुपमा एमाओावदीले आज सो आक्रमण गरेको एमाओावदीका कार्यकर्ताले बताए । आनन्द दाहाल

0 Comments