Incident Reports

Army Defuses Bomb

2013-11-11

Dolakha, Sena dwara bomb nishkriya. Dolakha /November 11 Nepal Army has defused an Improvised Explosive Device in headquarter of Dolakha Charikot on November 11. A special team of Bardbahadur Battalion of Nepal Army defused the bomb found in Charikot Oil Store. Meanwhile, an unidentified group has set fire to two public vehicles in Dolakha. The vehicle was torched at 12:30 am on November 11 by a group of three to four people. The incident is being investigated, DSP Suresh Prasad Kafle said. Uddav Pokharel जिल्ला सदरमुकाम चरिकोटमा फेला परेको घरेलु बम बर्दबहादुर गणबाट खटिएको विशेष टोलीले कात्तिक २५ गते विहान निस्कृय पारेको छ । चरिकोट आयल स्टोर परिसरमा फेला परेको उक्त घरेलु बम नेपाली सेनाको बर्दबहादुर गणबाट प्रमुख सेनानी विकास आचार्यको नेतृत्वमा खटिएको विशेष टोलीले निस्कृय पारेको हो । घरेलु प्रकृतिको उक्त बम आफै विस्फोट भएको भए पाँच सय मिटरसम्म क्षति हुने बताइएको छ । यसैबीच, संविधानसभा निर्वाचनलाई बहिस्कारको घोषणा गरेको नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आहृवान गरेको आमहड्तातको प्रभाव जिल्लामा पनि पूर्ण रुपले परेको छ । जिल्ला सदरमुकमा चरिकोटका पसलहरू फाटफुट मात्रामा खुलेका छन् भने यातायात पुर्ण रुपले बन्द रहेको छ बन्द कारण जिल्ला सदरमुकाम चरिकोटको शिक्षण संस्थाहरू खुलेका छैनन् । अरनिको यातायात सेवा समितिले वस सञ्चालन गर्ने बताए पनि मध्यरातमा दोलखा बजारस्थित पाखलती वसपार्कमा यात्रुवसमा आगजनी भएपछि समितिले बस सञ्चालन नगरेको समितिका सचिव श्याम लामाले जानकारी दिए । बन्द सुरु हुनु अघिनै जिल्लामा दुई ओटा यात्रुवाहक बसमा अज्ञात समूहले आगजनी गरेको छ । मध्यरातमा दोलखाको पाखलती बजारमा पार्किङ गरी राखिएको अरनिको यातायातको बा.२ ख. ३५३४ र बा.३ प. १८०६ नम्बरको वसमा आगजनी भएको प्रहरीले जनाएको छ ।

0 Comments

Related Reports
Related Trend Analysis