Incident Reports

CPN-M Cadres Torch Truck for Defying Strike

2013-11-11

Nepal

Parsa, bandko avagya gareko bhandai truckma aagjani. Parsa / November 11 CPN-M cadres have set fire to an Indian Truck in Birgunj on charge of defying the bandh called by them on November 11. Petrol Bomb was hurled at the vehicle. Police have arrested two cadre of CPN-M on suspicion of being involved in the incident. Similarly, suspicious object with bucket was found in Panchrukhi VDC-6 and also in Biruwagathi VDC which was later disposed by Nepal Army. Though both objects looked suspicious; Nepal Army said that they were not explosive devices. KC Lamichhane बन्दको अवज्ञा गरेको भन्दै नेकपा-माओवादी कार्यकर्ताले वीरगन्जको बाइपास रोडमा एउटा भारतीय मालबाहक ट्रकमा आगजनी गरेका छन् । बिहारको भागलपुरबाट सिमेन्टको क्लिन्कर बोकेर आएको जेएच ०२ पी ४५८४ नम्बरको ट्रकमा बन्दकर्ताहरूले कात्तिक २५ गते विहान पेट्रोल बम प्रहार गरी आगजनी गरेका हुन् । ट्रक चालक रामजी यादवका अनुसार राती उनी ट्रक भित्रै निदाई रहेका बेला एक्कासी आगोको ज्वाला देखेर ब्युझिँदा ट्रकको पछिल्लो भागमा आगलागी भइसकेको थियो । वीरगन्ज उपमनपा कार्यालयबाट गएको वारुण यन्त्रको सहयोगमा प्रहरीले आगो नियन्त्रणमा लिएको थियो । प्रहरीले आगजनीमा सङलग्न भएको आरोपमा नेकपा-माओवादीका दुई जना कार्यकर्तालाई नियन्त्रणमा लिएको छ । वीरगञ्ज उमनपा-९ निवासी नेकपा माओवादी निकट मधेसी मुक्ति मोर्चा जिल्ला उपाध्यक्ष ३५ वर्षीय गोविन्द साह र वीरगञ्ज उमनपा-१८ निवासी नेकपा-माओवादी निकट गणतान्त्रिक खेलकुद महासंघका केन्द्रीय सदस्य ३१ वर्षीय विमल खड्गीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । गिरफ्तार भएका दुवै जनालाई आवश्यक कारवाहीका लागि वडा प्रहरी कार्यालय विर्तामा राखिएको इन्स्पेक्टर रविन्द्र नाथ पौडेलले जानकारी दिए । यसैबीच पचरुखी गाविस-६ बहुअर्वास्थित पुल छेउको नालामा राखिएको बाल्टिन सहितको शङ्कास्पद बस्तु र विरुवागुठी गाविसको मिलन चोकको भेडाहा खोलाको पुल छेउमा विहान फेला परेको शंकास्पद वस्तु नेपाली सेनाको बरख गणबाट खटिएको सैनिक टोलीले हटाएको छ । दुवै ठाउँमा बम जस्तो देखिने वस्तु फेला परेको भए पनि निष्कृय बनाउने क्रममा ती बस्तु बम नभएको पुष्टी भएको सेनाले जनाएको छ । नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले गरेको आमहड्तालका कारण आज जनजीवन प्रभावित भएको छ । बन्दको वीरगन्जमा पनि प्रभाव परेको छ । मंसिर ४ गतेको संविधानसभा निर्वाचनको बहिस्कारमा लागेको नेकपा-माओवादी नेतृत्वको ३३ दलीय मोर्चाले आज एक दिन आमहड्ताल र भोलिदेखि मंसिर ५ गतेसम्म चक्काजामको आहृवान गरेको हो । के.सी. लामिछाने

0 Comments

Related Reports
Related Trend Analysis