Incident Reports

Husband beats wife to death

2018-10-26

Madhes, Dhanusha, Hansapur

A 25-year-old woman died after getting severely beaten by her husband at Sapahi in Laxminiya Rural Municipality-4, Dhanusha, on Friday, police said. Rubi Thakur Sharma was beaten unconscious by her husband Sanjaya Yadav, and died while undergoing treatment at home. Yadav is at large after the incident, according to police. (PR) धनुषामा श्रीमानले श्रीमतीको हत्या गरेका छन् । लक्ष्मीनिया गाउँपालिका ४ सपही बस्ने २८ वर्षका संजय यादवले २४ वर्षकी पत्नी रुवी ठाकुरलाई कुटेर हत्या गरेको प्रहरीले जनाएको छ । शुक्रबार साँझ ७ बजे पत्नी रुवीलाई संजयले कुटपिट गरेर बेहोस् छाडेर स्थानीय एकजना डाक्टर बोलाउन गएका थिए । डाक्टर आएर उपचार गरेपछि एकपटक होस् आएको र केहीबेरमा उहाँको ज्यान गएको डाक्टरको भनाई उदृत गर्दै ईलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक अरुण कुशवाहाले बताउनुभयो । तर डाक्टर बोलाउन गएका पति संजय भने उत्तैबाट फरार भएका छन् । स्थानीयका अनुसार तीनदिनदेखि श्रीमान–श्रीमतीबीच भएको थियो । त्यही विवादका क्रममा यादवले श्रीमती रुवीमाथि कुटपिट र यातना दिएको र त्यसै क्रममा रुवीको ज्यान गएको प्रहरी निरीक्षक कुशवाहाले बताउनुभयो । शवलाई राति नै पोष्टमार्टमका लागि जनकपुर अञ्चल अस्पतालमा राखिएको र फरार यादवको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ । यता रुवीका माइतपक्षले छोरीको छातीमा ढुंगा प्रहार गरी हत्या भएको छिमेकीहरुको बताएको बताएका छन् । धनुषाको मिथिला बिहारी नगरपालिका ७ तरापट्टी बस्ने रामप्रसास ठाकुरकी छोरी रुवीको ६ वर्ष अघि समाजिक परम्परा अनुसार आफ्नै जातमा सर्लाहीको कविलासामा संजय ठाकुर भन्ने केटासँग विवाह भएको थियो । तर त्यसको एकवर्ष नबित्दै रुवी भागेर धनुषाको लक्ष्मीनिया गाउँपालिका ४ सपहीका संजय यादवसँग अन्तरजातीय प्रेम विवाह गरेकी थिइन् । त्यसपछि रुवीको माइतसँग सम्बन्ध चिसिएको र आवत–जावत समेत नरहेको रुवीका भाइ विनोद ठाकुरको भनाई छ । शुक्रबार साँझ ८ बजेतिर रुवीको हत्या भएको कुरा छिमेकहरुले बताएपछि आफूलाई थाहा भएको भाइ विनोदले बताउनुभयो । भाइ विनोदका अनुसार संजय बदमास केटो रहेको र केही दिन अघि रुवीले आफ्नो सुन बेचेर पैसा राखेको कुरा थाहा पाएपछि संजयले पैसा लिन रुवीलाई कुटपिट र यातना दिँदै आएका थिए । सुन बेचेको पैसा लिनकै लागि शुक्रबार साँझ रुवीमाथि उनकै श्रीमानले कुटपिट गरी हत्या गरेको आफूलाई स्थानीयले जानकारी गराएको विनोदले बताउनुभयो । उहाँले रुवीको हत्यामा संलग्न यादवलगायत सबैलाई कडा कारबाही हुनुपर्ने माग गर्नुभयो । संजय ट्रक चालक रहेको र बिहे भएकै बेलादेखि संजयले बेला बेला रुवीलाई कुटपिट गर्दै आएको स्थानीयले बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth unknown
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth youth
Total Killed 1
Female Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Rautahat , Local Newspaper - Dhanusha , Local Newspaper - Bara , Local Newspaper - Mahottari

0 Comments