Incident Reports

Complaint lodged against Ward Chair for beating

2018-10-30

Province 1, Ilam, Fakphokthum, Ward 2

Subash Rijal, 20 of Phakphokthum Rural Municipality-2 has lodged complaint against ward chairman Yam Bahadur Paudel on charge of beating him while seeking for service in the ward. The victim said that he was beaten by the accused while asking for the recommendation of meter box on October 30. The eye witness said that the accused attacked the victim on his head with his fist. He also went to complaint about the electricity problem that he was facing for the last few days. He added that the ward chair has confiscated his land ownership certificate and intimidated him. Ward chair Paudel however said that Rijal threatened him over the phone to destroy his office after the electricity authority cut off his electric line. फाकफोकथुम गाउँपालिका–२ का २० वर्षीय सुवास रिजाललाई सेवा लिन जाँदा सोही वडाका वडाध्यक्ष यामबहादुर पौडेलले कुटपिट गरेको भन्दै पीडित पक्षले कात्तिक १४ गते जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएको छ । बिजुलीको मिटरबक्सका लागि सिफारिस लिन जाँदा वडाध्यक्ष पौडेलले कात्तिक १३ गते आफूमाथि कार्यकक्षमै कुटपिट गरि निकालेको रिजालले दिएको उजुरीमा उल्लेख छ । पौडेलले रिजाललाई टाउकोमा दुई बक्सर हानेको प्रत्यक्षदर्शीले बताएका छन् । १५ दिन अघिमात्रै गाउँमा विस्तार भएको बिजुली मिटरबक्स नभएपछि आफूहरूले डाइरेक्ट लाइनबाट जोडेको र विद्युत कर्मचारीले तीनदिन अघि बिजुली काटिदिएको पीडित रिजालले बताएका छन् । विद्युत काटिएपछि आफूले वडाध्यक्षलाई फोन गरि सूचना नदिइ विद्युत काटेको गुनासो गरेको रिजालले बताएका छन् । मिटरबक्सको सिफारिस लिन वडा कार्यालय जाँदा ‘हिजो मलाई फोन गरी धम्क्याउने तँ नै होइनस्’ भन्दै वडाध्यक्षले कुटपिट गरेको पीडित रिजालले आरोप लगाए । रिजालले आफूले लगेको जग्गाधनी पूर्जा पनि वडा कार्यालयमै राखिदिएको र सिफरिस पनि नदिएको बताए । वडाअध्यक्ष पौडेलले भने विद्युत प्राधिकरणले लाइन काट्दा रिजालले फोन गरी ‘तेरो वडा कार्यालय ध्वस्त बनाइदिन्छु’ भन्दै धम्की दिएकाले सिफारिस नदिएको बताए । उनले भने–‘मलाइ धम्की आएपछि प्रहरीमा उजुरी गरेको र कारवाही नभएसम्म सिफारिस दिन्न भनेर पठाएको हुँ ।’ पीडित रिजालले गाउँमा विद्युत मिटरबक्स नै वितरण नभएकाले आफूमात्र नभइ गाउँका धेरै सेवाग्राही मिटरबिनै बिजुली बाल्न बाध्य भएको बताएका छन् ।
Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Other governance issues
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Local authorities (incl VDC, district, gov. line agencies at local level except education and health)
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth noyouth
INSEC , Local Newspaper - Jhapa

0 Comments