Incident Reports

NC Cadre Attack UML Cadre

2013-11-11

Province 1, Khotang, Rupakot Majhuwagadhi

Khotang,Congress karyakartadwara UML karyakartalaai khukuri prahar. Khotang/November 12 Member of UML village party committee Narsingh Bahadur Khadka, 60, of Nerpa VDC-5 has been attacked with Khukuri by a group of 15-16 NC cadres at Dorpachiuridada VDC-9 on the night of November 11. Khadka was attacked with khukuri when he reached Thapagaun in Dorpachiuridanda VDC-9 for election campaign. Khadka sustained deep cut in his head and left eye. Two cadres of UML Shivaji Khadka,18, of Nerpa VDC-9 and lal bahadur Gurung, 23, of Dorpachiuri dada VDC-9 has been abducted by the NC cadres, Khadka said. Both the abductees were rescued by police from Dobelabich the same night. The abductees sustained injuries in hand and bruises on their body, police said. The injured were being brought to the district headquarters, according to the police. Meanwhile, a complaint has been lodged against the NC cadres at the District Police Office in Diktel on November 12. The accused are at large and the investigation is underway, according to Inspector Durga Raj Regmi. DM Chamling खोटाङ । ०७० कात्तिक २६ गते

नेर्पा गाविस-५ निवासी एमाले गाउँ पार्टी कमिटीका सदस्य ६० वर्षीय नरसिंहबहादुर खड्कालाई नेपाली काङ्ग्रेसका कार्यकर्ताहरू दोर्पाचिउरीडाँडा गाविस-९ का ४५ वर्षीय डिल्ली गुरुङ, २५ वर्षीय नन्दीराम थापा सहितको करीव १५-१६ जनाको समूहले कात्तिक २५ गते राती १० बजे खुकुरी प्रहार गरी घाइते बनाएका छन् ।

 

चुनाव प्रचार-प्रसारका लागि दोर्पाचिउरीडाँडा गाविस-९ थापागाउँ पुगेका खड्कालाई एक्कासी उक्त समूहले खुकुरी प्रहार गरेको र उनिसँगै गएका नेर्पा गाविस-५ का १८ वर्षीय शिवजी खड्का र दोर्पाचिउरीडाँडा गाविस-९ का २३ वर्षीय लालबहादुर गुरुङलाई अपहरण गरेको घाइते खड्काले बताएका छन् । खुकुरी प्रहारबाट खड्काको टाउको र बाँया आँखा छेउमा गहिरो चोट लागेको छ ।

 

काङ्ग्रेस कार्यकर्ताद्वारा अपहरणमा परेका दुवैजनालाई राती नै दोवेला प्रहरी चौकीले दोबेलाबीचबाट उद्धार गरेको र उनिहरूको हातमा चोट र शरीरमा निलडाम भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय दिक्तेलका इन्सपेक्टर दुर्गाराज रेग्मीले घाइते अवस्थामा उद्दार गरिएका उनिहरूलाई सदरमुकाम ल्याउँदै गरेको बताए ।

 

यसैबीच, खुकुरी प्रहारबाट लागेको चोटको घाउजाँच गराई आरोपितहरूलाई कानुनी कारबाहीको माग गर्दै पीडितले जिल्ला प्रहरी कार्यालय दिक्तेलमा कात्तिक २६ गते उजुरी दिएका छन् । उजुरीको आधारमा पीडितको जिल्ला स्वास्थ्य कार्यालय दिक्तेलमा स्वास्थ्यपरीक्षण तथा उपचार भईरहेको छ भने घटनामा संलग्नहरूको खोजी भईरहेको इन्सपेक्टर रेग्मीले बताए ।

 

नेकपा (एमाले)का जिल्ला उपसचिव रामप्रसाद दंगालले यस घटना राजनीतिक स्वार्थका लागि गरिएको आरोप लगाए । संविधानसभा निर्वाचन नजिकिँदै गरेको अवस्थामा यसप्रकारको घटना हुनुले मानवअधिकार उल्लङ्घन भएको उनले बताए । नेपाली काङ्ग्रेस क्षेत्र नं. २ का प्रत्यक्ष उम्मेदवार तथा जिल्ला सभापति विष्णुकुमार राईले एमाले कार्यकर्ताले काङ्ग्रेस कार्यकर्ताको घरको थाम काटेपछि आफूहरूको कार्यकर्ताले प्रतिकार स्वरुप नियन्त्रणमा लिएर प्रहरीलाई बुझाएको बताए ।

डिएम चाम्लिङ राई

0 Comments