Incident Reports

UCPN (M) candidate attacked with bomb

2013-11-13

HOJPUR, NOV 13 - UCPN (Maoist) Bhojpur-1 candidate Sudan Kiranti was targeted by a bomb on Wednesday morning. Kiranti was heading towards Kot VDC from Gogane VDC in the district to take part in a poll campaign when an unidentified group hurled 'sutali bomb' towards him. Kiranti and other cadres of the party were unhurt in the blast. DSP Nanti Raj Gurung said that the UCPN (Maoist) group was also targeted with stones and wooden logs. But no casualties were reported. भोजपुर, कार्तिक २७ - अज्ञात समुहले भोजपुर क्षेत्र नं १ का एकिकृत नेकपा माओवादीका उम्मेदवार सुदन किराती लगायत उनको टोलीलाई लक्षित गरी बम प्रहार गरेको छ । बुधबार बिहानै गोगने गाविसबाट कोट गाविसतर्फ गइरहेको टोलीमाथि आक्रमण भएको हो । सदरमुकामदेखि ६ कोस दक्षिण पश्चिममा पर्ने गोगने गाविस नजिकैको खोलामा पुगेपछि एककासि सुतली बम प्रहार गरिएको थियो । उम्मेदवार राई भने सकुसल छन् । चुनाव प्रचार प्रसार गर्दै लेखर्क, गोगने हुँदै कोट गाविसतर्फ आइरहेको टोलीमाथि बम प्रहार गरी आतंकित तुल्याएका थिए । एकिकृत नेकपा माओवादीले बुधबार कोटमा चुनावी सभा गर्ने कार्यक्रम थियो । बम विष्फोटनबाट मानवीय क्षति नभएको प्रहरी नायव उपरीक्षक नान्तिराज गुरुङले बताए । एमाओवादी टोलीमाथि ती समुहले भिरमाथिबाट ढुङ्गा मुढा समेत गरेका थिए । यसअघि एकिकृत माओवादी र वैद्य माओवादीबीच गोगनेमा सामान्य झडप भएको थियो । यो घटनाले भोजपुरमा निर्बाचन सुरक्षा चुनौती थपिएको छ ।

0 Comments