Incident Reports

A Sutali Bomb Defused by Nepal Army

2013-11-15

Madhes, Mahottari, Bardibas

Mahottari, Nepali senadwara sutali bomb nishkriya. Mohattari/November 15, Nepal Army has defused a Sutali Bomb kept at the road in Bardibas VDC-2 on November 15. Prior to this, Nepal Army had also defused two bombs at Basant chok and Shiva Chok of Aaurahi road in Bardibas on November 12 and near MasanGhat of ward no. 9 of Aaurahi Road. Vehicles except those used in election campaign have been affected. Ishwori Kafle महोत्तरी । ०७० कात्तिक २९ गते, बर्दिवास गाविस-२ को साझा संस्था रोडको भूतपुर्व सैनिक खुकुरी उद्योग नजिक कात्तिक २९ गते राखेको सुतली बम गौरीडाँडास्थित शेर गुल्मको बम डिस्पोजल टोलीले निष्क्रिय पारेको छ । यसअघि कात्तिक २६ गते बर्दिवासकै औरही रोडको भोला बसन्त चोक र शिवचोकमा तथा २७ गते बर्दिवासकै औरही रोडस्थित वडानं. ९ को मसानघाट नजिक सडकमा राखेको बम नेपाली सेनाले निष्क्रिय पारेको थियो । नेकपा-माओवादीले बन्द आह्वान गरेदेखिनै बर्दिवासमा लगातार बम भेटिन थालेकाले २५ गतेदेखिनै बन्द भएको बजार खुल्न सकेको छैन भने आम सर्वसाधारणमा त्रास श्रृजना भएको छ । त्रासका कारण चुनावी प्रचारका सवारी साधन बाहेक कुनै सवारी साधन चलेका छैनन् । बर्दिवास बाहेक जिल्लाका अन्य स्थानमा भने बन्दको कुनै प्रभाव परेको छैन । इश्वरी काफ्ले

0 Comments

Related Reports
Related Trend Analysis