Incident Reports

Schools Used by NC against Election Code

2013-11-13

Khotang,Congress dwara chunavi karyakram ko laagi vidhyalaya ko prayog. Khotang/November 15, NC has continued to use schools in the district for election-related activities. They used Champawati secondary school of Vijayakharka VDC-3 on November 13 for the election assembly. The election code of conduct prohibits the political party to use children and schools for the election campaign. The poll candidate Naresh Kumar Shrestha of NC for the constituency no. 1 said that due to the lack of space they had used the school premises. The coordinator of election code of conduct monitering committee, Yadu Bikram Thapa said that the parties have been warned regarding the violation of election code of conduct. DM Chamling खोटाङ । ०७० कात्तिक २९ गते निर्वाचन आचारसंहिता विपरित नेपाली काङ्ग्रेसले आमसभामा विद्यालयको प्रयोगलाई निरन्तरता दिएको छ । जिल्लाको अधिकांश स्थानमा विद्यालयको प्रयोग गरेर चुनावी सभा गरेको काङ्ग्रेसले निर्वाचन क्षेत्र नं. १ को चुनावीसभा कात्तिक २८ गते विजयखर्क गाविस-३, स्थित चम्पावती माध्यमिक विद्यालयमा गरेको छ । निर्वाचन आचार संहिता २०७०, परिच्छेद २ को ३५ मा विद्यालय र विद्यालयहाताभित्र आमसभा तथा चुनावी प्रचार गर्न नपाइने उल्लेख भए पनि काँग्रेसले यसको विरुद्ध विद्यालयमा सभा गरेको हो । यसअघि नेपाली काङ्ग्रेसले जिल्लाका विभिन्न स्थानका विद्यालयहरुमा चुनावी प्रचार/प्रसार गरेका छन् । नेपाली काङ्ग्रेसका क्षेत्र नं. १ का प्रत्यक्ष उम्मेदवार नरेशकुमार श्रेष्ठले भने गाविसमा अन्यस्थान नभएकाले विद्यालय भवन छेउमा रहेको ग्राउण्ड प्रयोग गरिएको र विद्यालयको पढाईलाई प्रभावित नपारेको प्रतिक्रिया दिएका छन् । दलहरुबाट आचारसंहिता उलङ्घनका घटना भईरहेको भए पनि जिल्ला निर्वाचन कार्यालय तथा निर्वाचन अधिकृतको कार्यालयमा उजुरी प्राप्त भएको छैन । आचारसंहिता उलङ्घन भएकोबारे मौखिक जानकारीमात्र आउने गरेको र सम्बन्धित दलहरुलाई सचेत गराउने कार्य गरिएको जिल्लास्थित निर्वाचन आचारसंहिता अनुगमन समितिका संयोजक यदुविक्रम थापाले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis