Incident Reports

तरबार प्रहार गर्ने पक्राउ

2019-01-24

Bagmati, Chitawan, Ratnanagar, Ward 9

रत्ननगर- यही माघ १० गते पूर्वी चितवनको रत्ननगरपालिका–९ स्थित सौरहा जाने बाटोमा प्रहरीकै अगाडि एक युवकलाई तरबार प्रहार गर्ने सञ्जीत बस्नेतलाई प्रहरीले पक्राउ गरेको छ। 

इलाका प्रहरी कार्यालय टाँडीको प्रहरी टोलीले स्थानीय किरण घिमिरेलाई तरबार प्रहार गरेकै अवस्थामा १९ वर्षीय बस्नेतलाई तीन फिट १० इञ्चको तरबारसहित पक्राउ गरेको इप्रकाका प्रमुख दयानिधि ज्ञवालीले जानकारी दिए। 

पुरानो झैँझगडा र रिसिइबीले तरबार प्रहार गरेको देखिएको उहनले जानकारी दिए। बस्नेतले प्रहार गरेको तरबार घिमिरेलाई नलागी मोटरसाइकलमा लागेको प्रहरीले जनाएको छ। बस्नेतले लामो समयदेखि स्थानीयवासीलाई डरधम्की र तर्साउने कार्य गर्दै आएको बताइएको छ। रासस  

 



Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Totally damaged Vehicles 1
National/Online Media

0 Comments

Related Reports