Incident Reports

UML has filed complaint for re-election on Dolakha

2013-11-19

Bagmati, Dolakha, Gaurishankar

Dolkha, Punah matadanka lagi UML dwara ujuri. Dolakha November 19, UML has filed complaint for re-election on Dolakha saying that NC and UCPN-M captured polling booth and they did not have right to vote for their party. दोलखा । ०७० मङ्सिर ४ गते, नेकपा एमालेले आज भएको मतदानमा एमाओवादी र नेपाली काङ्ग्रेसले जिल्लाका तीन निर्वाचन केन्द्र कब्जामा लिई स्वतन्त्र मतदानबाट वञ्चित गरेको भन्दै निर्वाचन अधिकृतको कार्यालयमा पुनः मतदानका लागि उजुरी दिएको छ । निर्वाचन क्षेत्र नं. १ को जुंगु गाविस निलकण्ठेश्वर उमावि केन्द्रमा एमाओवादीले अन्य पार्टीको बुथ प्रतिनिधी विना र एकलौटी मत हालेको, ठूलोपातल गाविसको कालिका मावि केन्द्रमा एमाओवादीले अन्य पार्टीको बुथ प्रतिनिधि खुकुरी प्रहार गरी लखेटेको र गैरीमुदी गाविसको गाविस भवन केन्द्रमा नेपाली काङ्ग्रेसले अन्य पार्टी प्रवेश गर्ने बाटो अवरोध गरी एकलौटी मत हालेको भन्दै नेकपा एमाले जिल्ला सचिवालय सदश्य भरत के.सी.ले मुख्य निर्वाचन अधिकृतलाई उक्त तीन केन्द्रमा पुनः मतदानको व्यवस्था गर्न उजुरी मार्फत माग गरेका छन् । उद्धव पोखरेल

0 Comments