Incident Reports

Clash between UCPN_M and NC cadres

2013-11-19

org SMS ALert: Gorkha,Matadan kendrama UCPN-M ka karyakarta ra NC karyakartabich jhadap. In the polling centers of Ghyalchok, Harmi and Ghairung VDCs of Gorkha, the cadres of NC and UCPN-M have clashed. In Ghairung VDC, NC cadres Bishnu Prasad Dhakal, Nandalal Regmi and Bibek Dhakal were injured in the incident. They were brought to the district hospital with the help of the police. NC has accused UCPN-M of solely voting in the polling booths at Janhakti Secondary School of Namjung VDC and Saraswati Primary School in Gaikhor VDC but the election is going on with the participation of the agents of other parties. UCPN-M and UML cadres clashed at Rastriya Secondary School in Nareshwar VDC, the constituency no. 1 in the pretext of helping an elderly voter. Police had to fire in the air to take the situation under control. गोरखा जिल्लाको क्षेत्र नं. १ को ध्याल्चोक, हर्मी र घैरुङ गाविसस्थित मतदान केन्द्रमा एमाओवादीका कार्यकर्ता र काङग्रेस कार्यकर्तावीच झडप भयो । घैरुङ गाविसमा भएको झडपमा नेपाली काँग्रेसका कार्यकर्ताहरू विष्णुप्रसाद ढकाल, नन्दलाल रेग्मी र विवेक ढकाल घाइते भए । घाइतेलाई प्रहरीको सहयोगमा उपचारका लागि जिल्ला अस्पताल ल्याइएको छ । नम्जुङ गाविसस्थित जनशक्ति मावि र गाइखोरस्थित सरस्वति प्राविमा एमाओवादीले एकलौटी रुपमा मतदान गरेको काँग्रेसले आरोप लगाएको छ यद्यपी अन्य दलका एजेण्टको सहभागीतामा मतदान सुचारु भयो । यसैगरी क्षेत्र नं १ को नारेश्वर गाविसस्थित राष्ट्रिय मावि घलाङ केन्द्रमा एमाओवादी र नेकपा एमालेवीच झडप भयो । बृद्धलाई सहयोगी कस्ले गर्ने भन्ने विषयमा दुवैपक्षवीच झडप भएको हो । प्रहरीले झडपका क्रममा हवाई फायर गरी स्थिति नियन्त्रणमा लिएको थियो । केही समयपछि मतदान कार्य भने सुचारु भयो । यसैबीच मतदान केन्द्र रद्द गर्न माग गर्दै नेपाली काङ्ग्रेस र एमालेले जिल्लाका तीनओटै क्षेत्रका विभिन्न मतदान केन्द्रको मतदान रर्द्दगर्न माग गर्दै मुख्य निर्वाचन अधिकृतको कार्यालयमा उजुरी दर्ता गराएका छन् । नेपाली काँग्रेसका केन्द्रीय सदस्य सुरेन्द्र पाण्डे र एमालेका क्षेत्र नं १ का उम्मेद्वार रामशरण बस्नेतले मतदान केन्द्र रद्द गर्नुपर्ने माग सहित उजुरी दर्ता गराएका हुन् । नेपाली काँग्रेसले क्षेत्र नं १ बाट १५ मतदान केन्द्र र २ बाट ६ ओटा मतदान केन्द्र रद्द गर्न माग गरेको छ । यसैगरी, एमालले क्षेत्र नं १ बाट १५, क्षेत्र नं २ बाट २ र क्षेत्र नं ३ बाट ३ ओटा मतदान केन्द्र रद्द गरी पुनः निर्वाचन गराइनु पर्ने माग गरेको छ । निर्वाचन कार्यालय, सुरक्षा निकाय र एमाओवादीले भने छिटपुट घटना बाहेक सबै केन्द्रको निर्वाचन स्वच्छ भएको दावी गरेका छन् । डा. बाबुराम भट्टराई चुनाव लडेको क्षेत्रको मतदान केन्द्रहरूमा सबै भन्दा बढी उजुरी परेको हो ।

0 Comments