Incident Reports

Bomb Found In Nursery

2013-11-18

Banke,Nurseryma lukayera rakheko abasthama bisphotak padartha bhetiyo. Banke/November 18 Various explosive materials have been found in the Santapur Nursary of Binauna VDC-1. The Nepal Army and Police from Imam Nagar Barrack and Area Police Office confiscated the explosive devices hidden in the grass following a tip-off, according to DSP Prem Bahadur Basnet of District Police office. Police confiscated explosive devices used for making bombs, according to the district police office. The confiscated materials have been handed over to Nepal Army. Series of explosion have been carried out nationwide on the eve of the election. It is said that the poll opposing parties might have hidden the explosives to obstruct the upcoming election. Binod Pandey बाँके । ०७० मङ्सिर ३ गते, विनौना गाविस-१ सन्तपुर नर्सरीमा मङ्सिर २ गते लुकाएर राखेको अवस्थामा विभिन्न प्रकारका विष्फोटक पदार्थ भेट्टिएको छ । नर्सरीमा बिष्फोटक पदार्थ लुकाएर राखेको भन्ने सूचनाको आधारमा प्रहरीले इमामनगर व्यारेक राँझाबाट खटिएको नेपाली सेनाका क्याप्टेन मधु थापो टोली र इलाका प्रहरी कार्यालय वैजापुरबाट असई देवलिाल घर्ति मगरको टोलीले नर्सरीमा खोज तलास गर्दा नर्सरी भित्र घाँसमा लुकाई राखेको अवस्थामा भेट्टएिको जिल्ला प्रहरी कार्यालयका डीएसपी प्रेमबहादुर बस्नेतले बताए । नर्सरीबाट प्रहरीले बम बनाउन प्रयोग गरिने साईकलको छर्रा आधा के.जि, गन पाउण्डर तिन के.जि, नेति लाईट आधा के.जि, ठुलो वेरिङ्ग १४ ओटा, फलामको गोटी १४ ओटा, हसिया १ थान, केप २ वण्डल, वटुवा धागो १ गोली फिटकिरी आधा के.जि सोडा १ के.जि पुरानो प्लाष्टिक डिब्बा ७ थान, पुरानो झोला एक थान लगायतका समानहरू बरामद गरेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ । उक्त बरामद सामान नेपाली सेनाको जिम्मा लगाइएको समेत प्रहरीले जानकारी दिएको छ । संविधानसभा निर्वाचन मुखमै आएको समयमा बिष्फोटका घटनाहरू बढ्दै गएका छन् । बिष्फोटनका घटना गराइरहेको समूहले संविधानसभा निर्वाचनलाई प्रभावित बनाउन बिष्फोटक पदार्थ लुकाएर राखेको हुन सक्ने बताइएको छ । विनोद पाण्डे

0 Comments

Related Reports
Related Trend Analysis