2019-04-29
Karnali, Rukum West, Aathbiskot, Ward 9
आठविसकोट नगरपालिका–९ स्थित कालिका माध्यमिक विद्यालय सुन्दरपानीमा कार्यरत शिक्षक ३१ वर्षीय भिमबहादुर पुनमाथि कुटपिट गरेको आरोपमा प्रहरीले सोही ठाउँका ३८ वर्षीय जनक बटालालाई वैशाख १८ गते गिरफ्तार गरेको छ ।
वैशाख १६ गते विद्यालयमा कम्प्युटरमा काम गरिरहेको अवस्थामा बटालाले कुटपिट गरेको शिक्षक पुनले आरोप लगाए ।
सो घटनापछि जिल्लास्थित शिक्षक सघ सङ्गठनहरूले विज्ञप्ति जारी गर्दै घटनाको छानविन गरी दोषीलाई कारवाही गर्न दबाब दिएका छन् ।
नेपाल शिक्षक महासङ्घ र नेपाल राष्ट्रिय शिक्षक सङ्गठनले छुट्टाछुट्टै विज्ञप्ति जारीगर्दै काम गरिरहेका शिक्षकलाई विद्यालय परिसरमै कुटपिट गरिएको घटनाको विरोध गरेका हुन् ।
‘नेपाली कांग्रेसका कार्यकर्ता तथा स्वघोषित विद्यालय व्यवस्थापन समितिको हवला दिने तर सोही विद्यालयमा बिएड तहको अभ्यास शिक्षण गर्न गएका बटालाले दुव्र्यवहार गर्दै कुटपिट गरेको’ नेपाल राष्ट्रिय शिक्षक सङ्गठनद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ ।
शिक्षक सेवा आयोगले नतिजा प्रकाशन गरेको थाहा पाएर इन्टरनेटमा हेरिरहेका बेला इन्टरनेट बन्द गरिदिने जस्ता क्रियाकलाप गर्दै हातपात गरेकोे शिक्षक पुनले बताए ।
विद्यार्थीहरु बाहिर छरपष्ट भएको र शिक्षक इन्टरनेटमा रमाएर बसेको देखेपछि त्यसो नगर्न आग्रह गर्दा विवाद भएको आरोपित जनक बटालाले प्रतिक्रिया दिए ।
दुवैजनाले एक अर्कामाथि कुटपिटको आरोप लगाएपछि प्रहरीले दुवैजनालाई गिरफ्तार गरी छानविन सुरू गरेको जनाएको छ ।
मनिषा केसी
Violent / Non-violent | Violent |
Onesided / Twosided | Twosided |
Collective / Interpersonal | Interpersonal |
Primary Form | Fight |
Weapons | None |
Primary Cause | Other non-economic personal issues (revenge, passion etc.) |
Actor 1 - Number of people | 1 |
Actor 1 - Affiliations | Education sector/teachers (private and public) |
Actor 1 - Youth | noyouth |
Actor 2 - Number of people | 1 |
Actor 2 - Affiliation | Education sector/teachers (private and public) |
Actor 2 - Youth | noyouth |
THE NEPAL PEACE MONITOR ANNUAL REVIEW: 2020
October 25, 2021
Human Trafficking / LGBT+ Rights / GBV / Political / Children’s Rights / Senior Citizens’ Rights / HRD Issues / Human Rights / Interpersonal Violence / Governance / Covid-19 / Civic-Space / PwD
The Nepal Peace Monitor Annual Review: 2019
May 24, 2020
GBV / Political / Dalit / Human Rights / Interpersonal Violence / Governance