Incident Reports

कुटपिट गरी ६५ वर्षीय बाबुको हत्या, आरोपित फरार

2019-05-05

Madhes, Saptari, Hanumannagar Kankalini, Ward 14

हनुमाननगर कङ्कालिनी नपा–१४ बिष्णुपुर टोलका ६५ वर्षीय जगदिश रामलाई वैशाख २१ गते राति ३२ वर्षीय छोरा देवकुमार रामले हत्या गरेको परिवारका सदस्यहरूले आरोप लगाएका छन् ।

मादक पदार्थ सेवन गरेका आरोपितको कुटपिटबाट घाइते जगदिश रामको उपचारको क्रममा हनुमाननगर कङ्कालिनी नगरपालिका–१४ रामपुर मल्हनियास्थित स्थानिय मेडिकलमा राति १० बजे मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।

मृतककी जेठी बुहारी ३० वर्षीया सुनीतादेवी रामले जिल्ला प्रहरी कार्यालयमा कर्तव्य ज्यानसम्बन्धी उजुरी दिएको र आरोपितको खोजी तिब्रताका साथ भइरहेको जिल्ला प्रहरी कार्यालय सप्तरीका इन्स्पेक्टर सन्तोष खडकाले बताए ।

शवको पोष्टमार्टम राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा वैशाख २२ गते गरिएको छ ।


मनोहरकुमार पोखरेल

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Assault (small group)
Weapons None
Primary Cause Domestic violence
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Family/relative
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Family/relative
Actor 2 - Youth noyouth
Total Killed 1
INSEC , Local Newspaper - Dhanusha

0 Comments

Related Reports