Incident Reports

धनुषामा बालकको घाँटी रेटी हत्या

2019-05-06

Madhes, Dhanusha, Mithila, Ward 6

जनकपुरधाम : धनुषाको ढल्केवरका अढाई वर्षीय बालकको घाँटी रेटी हत्या गरिएको छ। सोमबार साँझदेखि घरबाट हराएका मिथिला नगरपालिका— ६ ढल्केवरका शम्भू साहका छोरा आर्यन साहको हत्या भएको इलाका प्रहरी कार्यालय ढल्केवरका इन्स्पेक्टर सरोज रायले जानकारी दिए।

‘बालकको घाँटी रेटी हत्या गरिएको छ', इन्स्पेक्ट रायले भने, ‘गाउँले र प्रहरी मिलेर बालकको रातीदेखि नै खोजी गरियो। कहीँ भेटिएन तर, मंगलबार बिहान उनको घर पछाडि रहेको आँप बारीमा शव फेला परेको थियो।'

 

................

धनुषाको मिथिला नगरपालिका–६ ढल्केवरमा 'शक्तिशाली' हुने अन्धविश्वासले अढाई वर्षीय बालककाे बलि दिएकाे खुलेकाे छ । ढल्केवरका शम्भु साहका छोरा आर्यनको शव वैशाख २४ को बिहान घरनजिकैको बाँसघारीमा भेटिएको थियो । उक्त शव बलि दिएर फालेकाे प्रहरी अनुसन्धानमा पुष्टि भएकाे हाे । 

मृतक बालककी आमा रेणुदेवी साह घाँस काट्न गएका बेला घरकाे ढाेकामै खेलिरहेका बालकलाई ५५ वर्षीय छिमेकी शत्रुधन महताेले ललाई फकाई अपहरण गरी बन्धक बनाएर राति २ बजे हत्या गरेकाे प्रहरी अनुसन्धानमा खुलेकाे जिल्ला प्रहरी कार्यालय धनुषाका एसपी शेखर खनालले बताए।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Interpersonal
Primary Form Murder/attempted Murder
Weapons Sharp weapon
Primary Cause Other non-economic personal issues (revenge, passion etc.)
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Citizen/Individuals
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Killed 1
Youth Killed 1
National/Online Media , Local Newspaper - Dhanusha , Police website , Local Newspaper - Chitwan , Local Newspaper - Mahottari , Local Newspaper - Parsa , Local Newspaper - Rautahat , Local Newspaper - Siraha

0 Comments