Incident Reports

पत्रकार कुटपिट घटनाका आरोपितले माफी मागे

2019-05-19

Province 1, Morang, Belbari

रेडियो वेतना र निरन्तर खबर डटकमका अध्यक्ष बेलवारी नगरपालिका–१ का ३३ वर्षीय पत्रकार भोजराज बस्नेतलाई कुटपिट गर्ने तीन जना आरोपितले सर्वपक्षीय भेलामा माफी मागेपछि रिहा भएका छन् ।

नेपाली कांग्रेसको बेलवारी नपा–११का उपसभापति बेलवारी–११ का ३६ वर्षीय विक्रम राई, सोही ठाउँका वडासचिव ३६ वर्षीय राम तामाङ र क्षेत्रीय प्रतिनिधि ६० वर्षीय लिङ्गबहादुर थेवे रिहा भएका हुन् ।

जेठ ६ गते इलाका प्रहरी कार्यालयमा भएको सर्वपक्षीय भेला र छलफलमा आरोपितहरूले आगामी दिनमा त्यस किसिमका गल्ती नदोहोर्‍याउने शर्तमा माफी मागेपछि कानुनी कारवाही अघि नबढाएको पत्रकार बस्नेतले बताए ।

खानेपानीको विषयमा अनियमितता भएको आरोपमा कांग्रेस ११ नम्वर वडा समितिले कारवाही गरेपछि सो विषयमा समाचार लेखेको भन्दै आरोपितहरूले जेठ ५ गते पत्रकार बस्नेतलाई कुटपिट गरेका थिए ।

पीडित पत्रकारले घटना लगत्तै इलाका प्रहरी कार्यालय बेलवारीमा आरोपितविरूद्ध उजुरी दिएपछि प्रहरीले आरोपितलाई सोही दिन गिरफ्तार गरेको थियो ।

जेठ ६ गते भएको छलफलमा आरोपितले माफी मागेको र पीडित पत्रकारले मिलापत्र गर्ने सहमति गरेपछि कानुनी कारवाही नगरिएको इलाका प्रहरी कार्यालय बेलवारीका इन्स्पेक्टर केशव श्रेष्ठले बताए ।


इन्दिरा भट्टराई

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Assault (small group)
Secondary Form Attack on Journalist
Weapons None
Primary Cause Issues related to freedom of expression and civil rights
Secondary Cause Freedom of Expression
Actor 1 - Number of people 3
Actor 1 - Affiliations Nepali Congress and affiliated org
Actor 1 - Youth noyouth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Journalist/Media
Actor 2 - Youth noyouth
INSEC

0 Comments

Related Reports