Incident Reports

Children Used In Election Campaign

2013-10-29

Khotang, Chunab pachar-prasarma balbalika ko prayog. Khotang/ October 29, UML has been found using children during its election campaign. The party has been using children for pasting posters and distributing pamphlets of the candidates against the code of conduct of election. The election commission also has clearly specified against the use of children for election campaign, however the parties have been frequently using the children in the election campaign. UML has been using children for the election campaign of its candidate Bishal Bhattarai of constituency-2 and Panch Karna Rai of constituency-1 of Khotang. The UML district secretary Rajan Rai admitted use of children in the campaign. The Chief Election Officer Ishowri Prasad Gautam expressed ignorance on use of children in election campaigns. He further said that it is against the code of conduct to use children for the election purpose. DM Chamling खोटाङ । ०७० कात्तिक १२ गते, नेकपा एमाले खोटाङले चुनाव प्रचार/प्रसारमा बालबालिकाको प्रयोग गरेको पाईएको छ । एमालेले निर्वाचन आचारसंहिता विपरीत बालबालिकाहरूलाई उम्मेदवारको पोष्टर र पर्चा वितरणको कार्यमा लगाएको हो । बालअधिकार महासन्धी १९८९ र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मापदण्डको आधारमा १८ वर्षमुनिका सबै बालबालिकालाई कुनै पनि राजनीतिक क्रियाकलापमा सहभागी गराउन नपाईने र निर्वाचन आचारसंहितामा समेत बालबालिकाको प्रयोग गर्न नपाईने व्यवस्थाको विरुद्ध एमालेले बालबालिकाको प्रयोग गरिरहेको हो । नेकपा एमालेले खोटाङ क्षेत्र नं. २ का उम्मेदवार विशाल भट्टराई र क्षेत्र नं. १ का उम्मेदवार पाँचकर्ण राई (पिके) को चुनावी प्रचार/प्रसार गर्न बालबालिकालाई प्रयोग गरेका हुन् । कात्तिक १२ गते बालबालिकाहरूले सदरमुकाम दिक्तेलमा एमाले उम्मेदवारको चुनावी पर्चा वितरण गरेको पाईएको छ । नेकपा एमालेका सचिव राजन राईले नियतवश उनिहरूलाई प्रयोग गरेको बताए । कतिपय बालबालिकाहरूले रहरले पर्चा/पम्प्लेट बोकेको हुनसक्ने बताए । निर्वाचन आचारसंहितामा बालबालिकालाई जुलुस, र्‍याली, जनसभा, वैठक, जमघट र निर्वाचन प्रचारप्रसार तथा निर्वाचन सम्वद्ध कुनै पनि कार्य वा क्रियाकलापमा सहभागी गराउन निषेध गरेको छ । यसबारेमा जिल्लास्थित मृख्य निर्वाचन अधिकृत इश्वरीप्रसाद गौतमले आफूहरूलाई राजनीतिक दलहरूले बालबालिकाको प्रयोग गरेकोबारे जानकारी नआएको बताए । बालबालिकालाई निर्वाचन सम्बन्धी प्रचार/प्रसारमा सहभागी गराउन आचारसंहिता विपरीत भएको भन्दै त्यसो गर्नेलाई कारबाही हुने उनले बताए । डिएम चाम्लिङ राई

0 Comments

Related Reports
Related Trend Analysis