Incident Reports

UML cadres attacked by president of Tarun Dal, Besisahar,Lamjung

2013-11-21

Challenging the security management, President of Tarun Dal from Besisahar Khushijung Gurung attacked UML cadres at Prasasan Chok on Nov 20. President Gurung along with Bishal Adhikari came in motorcycle and seriously injured UML cadres Dutraj Gurung Sankar by hitting with Pistol without firing. 30 years old Sankar has been undergoing treatment at Lamjung District Hospital. According to police, the two in their motorcycle escaped. लमजुङ । ०७० मङ्सिर ६ गते सुरक्षा व्यवस्थालाई चुनौति दिँदै तरुण दल वबसीशहरका अध्यक्ष खुसीजंग गुरुङले मङ्सिर ५ गते एमाले कार्यकर्तालाई प्रशासन चोकमा आक्रमण गरेको छ । मोटरसाईकलमा रहेका तरुण दल वेसीशहरका अध्यक्ष गुरुङ र साथमा रहेका विशाल अधिकारीले एमाले कार्यकर्ता दूतराज गुरुङ शंकरको ठाउकोमा पेस्तोल प्रहार गरेको हो । पेस्तोलबाट गोली नचलाई पेस्तोलले टाउकोमा हिर्काउँदा गम्भीर घाईते बनेका ३० वर्षीय शंकरको अहिले सदरमुकाम वेसीशहरमा रहेको लमजुङ जिल्ला अस्पतालमा उपचार भईरहेको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । मतगणना स्थल नजिकै जिल्ला विकास समितिको गेटमा होहल्ला बढी भएपछि यातायातका साधनलाई जान नदिन र सुरक्षाको लागि खटिएका प्रहरी सामु नै धारिलो हतियारसमेत लिएका ती दुई युवाले भूलभूले गाविसको उस्ता घर भएका शंकरलाई पेस्तोलले हिर्काएको हो । प्रशासन चोकमा आफ्ना साथीहरूसँग बसिरहेको बेला अहिले साँझ आफूमाथि पेस्तोल प्रहार भएको पीडित शंकरले बताए । मोटरसाईकलमा रहेका खुसी गुरुङ र विशाल अधिकारी भने फरार रहेको प्रहरीले जनाएको छ । कृष्णप्रसाद अधिकारी

0 Comments