Incident Reports

अपहरणमा परेको बालकलाई प्रहरीले गरे उद्दार

2019-05-13

Madhes, Rautahat, Baudhimai, Ward 7

 बौधीमाई नगरपालिका–७, ग्यालेक्सी इन्ग्लिश बोर्डिंगमा अध्यनरत अपहृत विद्यार्थीको प्रहरीले उद्धार गरेको छ । बौधीमाई नगरपालिका–१ बस्ने गजेन्द्र साहका छ वर्षीय छोरा विशाल साहलाई भारतीय नागरिक मुन्ना साहले ललाइफकाई विद्यालयबाट अपहरण गरेका थिए । मोटरसाइकलमा बसाली अपहरण गरेर बिहार राज्यको पताही लगी राखेको सूचना पाएर जिल्ला प्रहरी कार्यालय, रौतहटका प्रहरी अधिकृत र इप्रका कोपवापिपरियाबाट प्रनानि लतीफ अंन्सारीको कमान्डमा खटेको प्रहरी टोलीले भारतीय प्रहरीसँग समन्वय गरी बालकको उद्धार गरेको जिप्रका रौतहटले जनाएको छ । 

मङ्गवार अपहरणमा परेका बालकको बुधवार बिहान १० बजे उद्धार गरिएको थियो । निज बालकलाई पिता गजेन्द्र साहको जिम्मा लगाई पठाइएको जिप्रका रौतहटका प्रहरी नायब उपरीक्षक नवीन कार्कीले बताएका छन् ।

Details and Impacts
Violent / Non-violent Violent
Onesided / Twosided Onesided
Collective / Interpersonal Collective
Primary Form Abduction
Weapons Unclear
Primary Cause Kidnapping for ransom
Actor 1 - Number of people 1
Actor 1 - Affiliations Criminal
Actor 1 - Youth youth
Actor 2 - Number of people 1
Actor 2 - Affiliation (Target) Citizen/Individuals
Actor 2 - Youth youth
Total Abducted 1
Youth Abducted 1
Local Newspaper - Parsa , Local Newspaper - Rautahat

0 Comments