Incident Reports

NC Election Materials Looted by UCPN-M

2013-10-16

Lumbini, Rukum East, Musikot

Rukum, UCPN-M le NC ko nirbachan prachar prasar samagri loote. Rukum/October 16, Cadres of the UCPN-Maoist have looted election campaign materials belonging to NC Rukum on October 16. NC Rukum said that election materials meant for Rukum constituency no. 2 which were being brought from district headquarters Khalanga were looted at Sadanchaur in Chhiwang VDC. According to NC Rukum District Working Committee Member Gorakh Chand, the UCPN-M cadres made away with 200 T-shirts, 11 mikes, 100 flyers. Meanwhile, the UCPN-M said that they had only searched the NC election materials. UCPN-M District Coordinator Sharun Batha admitted capturing the election materials. "Our cadres searched the materials suspecting weapons. They have been asked to return the election material," Sharun said. Adarsh KC रुकुम । ०७० असोज ३० गते, नेपाली काङ्ग्रेसको निर्वाचन प्रचार समाग्रीहरू एकीकृत नेकपा माओवादी रुकुमका नेता कार्यकर्ताहरूले लुटेका छन् । रुकुमको जिल्ला सदरमुकाम खल-गाबाट असोज ३० गते बिहान क्षेत्र नं २ को लागि आवश्यक पर्ने प्रचारसमाग्रीहरू लैजाँदै गर्दा बीचबाटोमा लुटिएको नेपाली काङ्ग्रेस रुकुमले जनाएको छ । एमाओवादी कार्यकर्ताहरूले छिवाङ्ग गाविसस्थित सादनचौरबाट उक्त निर्वाचन सामाग्री लुटेको नेपाली काङ्ग्रेस रुकुम जिल्ला कार्यसमिति सदस्य गोरख चन्दले जानकारी दिए । निर्वाचन प्रचारको लागि तयार गरिएका २ सय थान टिर्सट, ११ थान हाते माइक, १ सय थान अपिल एमाओवादीका कार्यकर्ताले लुटेका हुन । इलाका नं.९ अन्तरगतका गाविसहरू गरायला, सिम्ली, पूर्तिमकाँडा र घेत्मा गाविसका लागि उक्त प्रचारसमाग्री लगिदै थियो । आफूहरू समाग्रीहरू वोकेर गरायला जाँदै गर्दा बाटोमा बसेका एमाओवादी राज्य समिति सदस्यहरू धनवीर ओली, गणेश चिन्तन, डम्वर विष्ट लगायतका नेता कार्याकर्ताले चेक गर्नुपर्छ भन्दै खोसेको काङ्ग्रेसका जिल्ला सदस्य गोरख चन्दले जानकारी दिए । तिमीहरू निर्वाचन प्रचार गर्न पाउँदैनौ भनेर, खोसे ।’ चन्दले भने, एकातिर आफ्नो आधार इलाका भन्ने अर्कोतिर काङ्ग्रेस प्रतिको जनलहर सहन नसकेको देखियो उनले बताए ।’ एमाओवादीले भने लुटेको नभई खोजतलास गरेको बताउँदै आएको छ । एमाओवादी जिल्ला संयोजक शरुण बाँठाले प्रचार समाग्री कब्जामा लिएको स्वीकार गरे । हतियारको आशङ्काले साथीहरूले खानतलास गरेका रहेछन्, प्रचारसमाग्री मात्र भेटिएकोले फिर्ता गर्न साथीहरूलाई निर्देशन दिएको छु ।’ एमाओवादी संयोजक बाँठाले भने, समाधान हुन लागेको छ यो खासै ठूलो घटना होइन् ।’ आदर्श के.सी

0 Comments

Related Reports
Related Trend Analysis