Incident Reports

TMLP, MFJ-Loktantrik Clash Leaves 17 Injured

2013-10-17

Madhes, Sarlahi, Godaita

Sarlahi, Parcha chyateko bishay ma jhadap huda 17 jana ghaitee. Sarlahi/October 18, At least 17 persons have been injured when cadres of Tarai Madhes Loktantrik Party (TMLP) and Madhesi Janadhikari Forum-Loktantrik (MJF-L) clashed on October 17. Mohammad Aijajul Darji, 30, Mohammad Khursid Darji, 23, Mohammad Phiroj Darji, 35, Abdualla Darji, 35, Sakila Khatun, 40, Mohammad Kalam Darji, 45, Mohammad Harul Darji, 25, Mohammad Juneid Alam, 12, Mohammad Ibaran, 16, Nurjahan Khatun, 20, Pharida Khatun, 30, Nagama Khatun, 7, Mamataj Khatun, 30, Mohammad Jakir Alam, 20, Riyaj Darji, 12, Mohammad Kalam Darji, 35 and Mohammad Taukir Darji, 32, of Godaita VDC-7 are injured in the incident. Seriously injured Mohammad Aijajul Darji and Mohammad Khursid Darji have been taken to Janakpur Zonal Hospital and Narayani Sub-regional Hospital Birgunj for further treatment after primary treatment at District Hospital Malangawa. Other injured underwent treatment at the district hospital. The injured have sustained injuries to their hand, leg, head, arm and back. Among the injured, 12 are TMLP supporters while 5 are MJF-L cadres. TMLP election candidate Jangilal Ray said that the clash ensued after cadres of MJF-L candidate from Sarlahi constituency-5 Rameshwor Ray tore the flyers of TMLP. Dispute between the sons of Maitun Mansur and Mustafa Darji of Godaita VDC-7 had taken political shape through dispute between the women members of their family. Home-made weapons were used in the incident. Inspector Prithvi Narayan Oli said that condition of the injured were out of danger. He said that both sides had agreed to avoid further dispute on the incident at a meeting held in the District Police Office on October 17. Bidur Kumar Pyakurel सर्लाही । ०७० कात्तिक १ गते, गोडैता गाविस-७ का ३० वर्षीय मोहमद ऐजाजुल दर्जी, २३ वर्षीय मोहमद खुर्सी दर्जी, ३५ वर्षीय महमद फिरोज दर्जी, ३५ वर्षीय अव्दुला दर्जी, ४० वर्षीया सकिला खातुन, ४५ वर्षीय महमद कलाम दर्जी, २५ वर्षीय मो. हारुल दर्जी, १२ वर्षीय मो. जुनेद आलम, १६ वर्षीय मो. इवरान, २० वर्षीया नुरजहान खातुन, ३० वर्षीया फरिदा खातुन, ७ वर्षीया बालिका नगमा खातुन, ३० वर्षीया ममताज खातुन, २० वर्षीय मो. जाकिर आलम, १२ वर्षीय रियाज दर्जी, ३५ वर्षीय मो. कलाम दर्जी र ३२ वर्षीय मो. तौकीर दर्जी ०७० असोज ३१ गते विहान पर्चा च्यातेको विषयम तमलोपा र फोरम लोकतान्त्रिकका कार्यकर्ता बीच भएको झडपमा परि घाइते भएका छन् । गम्भीर घाइते भएका मो. ऐजाजुल दर्जी र मो. खुर्सिद दर्जीलाई प्रारम्भिक उपचार जिल्ला अस्पताल मलंगवामा गराई थप उपचारको लागि क्रमशः जनकपुर अञ्चल अस्पताल र नारायणी उपक्षेत्रीय अस्पताल वीरगञ्ज लगियो भने सामान्य घाइते भएका १५ जनाको जिल्ला अस्पताल मलंगवामा उपचार भयो । जनकपुर र वीरगञ्ज लगिएका ऐजाजुल र खुर्सीको दाहिने गोडा भाँचिएको प्रहरीले वताए । सामान्य घाइते भएकाहरूको हात, गोडा, टाउँको, पाखुरा र ढाँडमा चोटपटक लागेको थियो । घाइते मध्ये १२ जना तमलोपा समर्थक र पाँच जना फोरम लोकतान्त्रिकका कार्यकर्ता रहेका छन् । फोरम लोकतान्त्रिकका सर्लाही क्षेत्र नं. ५ का उमेदवार रामेश्वर रायका कार्यकर्ताले पर्चा च्यातेकाले विवाद भएको सोही क्षेत्रका तमलोपाका उम्मेदवार जंगीलाल रायले बताए । मुस्लिम समुदायको वस्ती भित्र गोडैता गाविस-७ का मैतुन मंसुर र मुस्तफा दर्जीका १०/१२ वर्षका छोराहरू बीच भएको झगडाले दुवै परिवारका महिला सदस्य हुँदै राजनीतिक रुप लिएको थियो । क्षेत्र नम्वर ५ का तमलोपाका उम्मेदवार जंगीलाल राय र सद्भावनाका उम्मेदवार प्रमोद साह पक्षका कार्यकर्ता एक तर्फ र लोकतान्त्रिकका उम्मेदवार रामेश्वर रायका कार्यकर्ता अर्कोतर्फ रहेर पोष्टर च्यातिएको विषयमा विवाद भएको स्थानीयले बताए । झडपमा भाला, तरवार र फर्सा जस्ता धारिला घरेलु हतियारका प्रयोग भएको थियो । घाइतेहरू खतरामुक्त रहेको प्रहरी निरीक्षक पृथ्वी नारायण ओलीले जानकारी दिए । जिल्ला प्रहरी कार्यालयमा असोज ३१ गते साँझ भएको छलफलमा थप विवाद कसैले नगर्ने सहमति भएको निरीक्षक ओलीले बताए । विदुरकुमार प्याकुरेल

0 Comments