Incident Reports

Poll Candidate Beaten by MJF-L Cadres

2013-10-23

Madhes, Saptari, Khadak

Saptari, Kutpit bata sambidhan sabha sadashayka ummedhwar ghaitee. Saptari/ October 24, Candidate of CPN (ML) Samajbadi Party from constituency no. 5 of Saptari Singheswor Shah, 37, has been seriously injured after cadres of Madhesi Janadhikar Forum-Loktantrik beat him on the night of October 23. Sah, a resident of Ranjitpur in Khojpur VDC-7 was beaten by cadres of MJF-L Shrawan Chaudhary, 37, Jaya Narayan Chaudhary, 40, Bhikhan Chaudhary, 50, and Surendra Chaudhary, 40, of same place while he was returning home after completing election campaign. The victim has been taken to Zonal Hospital in Rajbiraj. He sustained serious head, leg and nose injuries, according to Kedar Dev, centraol vice-chairperson of CPN (ML) Samajbadi Party. One of the accused Shrawan Chaudhary has been arrested by the area police office on the same day. The District President of MJF-L Shailesh Kumar Chaudhary said that the accused were not 'responsible cadres' of his party. Manohar Kumar Pokharel सप्तरी । ०७० कात्तिक ७ गते, सप्तरीको निर्वाचन क्षेत्र नम्बर ५ मा संविधानसभा सदस्यमा नेकपा (माले) समाजवादी पार्टीको तर्फबाट उम्मेदवारी दिएका खोजपुर गाविस-७ रंजीतपुर निवासी ३७ वर्षीय सिंहेश्वर साहलाई सोही ठाउँका चारजनाले कात्तिक ६ गते राति ८ बजे निर्घात कुटपिट गरेका छन् । चुनाव प्रचारप्रसार सकेर घर फर्केका साहलाई मधेसी जनअधिकार फेारम लोकतान्त्रिकका कार्यकर्ताहरू ३७ वर्षीय श्रवण चौधरी, ४० वर्षीय जयनारायण चौधरी, ५० वर्षीय भिखन चौधरी र ४० वर्षीय सुरेन्द्र चौधरीले कुटपिट गरेको पीडितले बताए । पीडितलाई उपचारका लागि राजविराजस्थित अञ्चल अस्पतालमा भर्ना गरिएको छ । पीडितको टाउको, खुट्टासहित शरीरको विभिन्न भागमा गम्भीर चोट लागेको र नाकबाट रगतसमेत बगेको नेकपा (माले) समाजवादीका केन्द्रीय उपाध्यक्ष केदार देवले बताए । देवले कुटपिट गर्ने फोरम लोकतान्त्रिकका कार्यकर्ताहरूमाथि कडा कारबाहीको माग गरेका छन् । कुटपिटको आरोपमा प्रहरीले श्रवण चौधरीलाई कात्तिक ६ गते राति नै गिरफ्तार गरी इलाका प्रहरी कार्यालय कल्याणपुरमा हिरासतमा राखेको छ । फोरम लोकतान्त्रिकका जिल्ला अध्यक्ष शैलेशकुमार चौधरी र क्षेत्र नं. ५ का उम्मेदवार शम्भुनाथ गाविस-३ निवासी छेदीलाल चौधरीले आरोपितहरू पार्टीको जिम्मेवार कार्यकर्ता नभएको बताए । मनोहरकुमार पोखरेल

0 Comments