Incident Reports

Tarai Madhes Sadbhawana Party Candidate Warned by Election Office

2013-11-06

Saptari, Ummedhwar lai sachet garaiyo. Saptari/November 6, District Election Office has warned the candidate of Tarai Madhes Sadbhawana Party (TMSP) from Saptari-1 Satrughan Prasad Rauniyar to follow the election code of conduct. Monitoring Officer at the Election Office Rakesh Mani Upadhyaya informed that Rauniyar was warned after he distributed publicity materials claiming that the activities carried out by FNJ Saptari when he was its chief were accomplished by him personally. EC reacted on the complaint filed by Khikhar Prasad Sah, chairperson of Madhesi Janaadhikari Forum Nepal constituency no. 1. Manohar Kumar Pokharel सप्तरी । ०७० कात्तिक २० गते, जिल्ला निर्वाचन कार्यालय सप्तरीले तराई मधेस सदभावना पार्टीबाट क्षेत्र नं. १ का उम्मेदवार कञ्चनपुर गाविस-७ निवासी ६१ वर्षीय शत्रुघ्नप्रसाद रौनियारलाई कात्तिक २० गते सचेत गराएको छ । सप्तरी उद्योग वाणिज्य संघको अध्यक्ष हुँदा संघले गरेको विभिन्न कार्यलाई रौनियारले आफूले गरेको भनी भ्रमात्मक प्रचार सामग्री बाँडेकोमा सचेत गराइएको जिल्ला निर्वाचन कार्यालयका अनुगमन अधिकृत राकेशमणी उपाध्यायले बताए । रौनियारले सप्तरी उद्योग वाणिज्य संघले गरेको कामलाई व्यक्तिगत काम गरेको भनी जनतालाई भ्रम पार्ने काम गरेको भन्दै कात्तिक १९ गते मधेसी जनअधिकार फोरम नेपालको क्षेत्र नं. १ का अध्यक्ष खिखरप्रसाद साहले पर्चा संलग्न राखी उजुरी गरेका थिए । मनोहरकुमार पोखरेल

0 Comments