Incident Reports

Clash between NC, UML Leaves 5 Injured

2013-11-07

Bagmati, Dolakha, Tamakoshi

Dolakha, NC ra UML karyakarta bich jhadap. Dolakha/ November 8, At least five UML cadres have been injured in a clash between the cadres of NC and UML at Jafe VDC-9 on November 7. The clash occurred following a dispute between the UML cadre Ram Krishna Karki and NC cadre Kundan Kafle, Chandra Ganesh Kafle among others. NC cadres Kundan, Chandra Ganesh, Purna Bahadur Sarki who had lied in wait attacked him with bamboo stick and stones, one of the victim Mukesh Karki said. Mukesh, Sagar Khadka, Bikash ramtel, Binod Dhakal and Prabhakar Karki of Jafe VDC were injured in the incident. The injured received treatment at Charikot community hospital. NC cadre Chandra Ganesh said that minor clash had occurred when UML cadre tore election materials of NC. Uddav Paudel दोलखा । ०७० कात्तिक २२ गते, जफे गाविस-९ मा नेपाली काङ्ग्रेसका कार्यकर्ता र एमाले कार्यकर्ताबीच भएको झडपमा पाँचजना एमाले कार्यकर्ता घाइते भएका छन् । जफे गाविस-९ को गैराघर भन्ने स्थानमा कात्तिक २१ गते एमाले कार्यकर्ता रामकृष्ण कार्कीलाई निर्वाचनको विषय लिएर नेपाली काङ्ग्रेसका कार्यकर्ता कुन्दन काफ्ले, चन्द्रगणेश काफ्ले लगायतले घरमै गई धम्की दिएकोले छलफलका लागि जाँदै गर्दा बाटोमा लुकी बसेका कुन्दन, चन्द्रगणेश, पूर्णबहादुर सार्की लगायतले बाँसका भाटा र ढुङ्गाले प्रहार गरी घाइते पारेको पीडित मुकेश कार्कीले बताए । कुटपिटमा जफे गाविस-९ का मुकेश कार्की, सागर खड्का, विकास रम्तेल, विनोद ढकाल र वडा नं. ८ का प्रभाकर कार्की घाइते भएका छन् । घाइतेहरूको चरिकोट स्थित सामुदायिक अस्पतालमा उपचार भयो । नेपाली काङ्ग्रेसका कार्यकर्ता चन्द्रगणेश काफ्लेले नेपाली काङ्ग्रेसका चुनाव सामग्री र चुनावी सभाको व्यानर एमाले कार्यकर्ताले च्यातेकोले सामान्य झडप भएको तर कुटपिट नगरेको बताए । उद्धव पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis