Incident Reports

CPN-M March Past against Election Code

2013-11-08

Lumbini, Rolpa, Thawang

Rolpa, Aacharsanhita biparit CPN-M dwara maarchpass. Rolpa/November 8, The CPN-M which is carrying out anti-election activities has conducted march past in Thabang against the election code of conduct. The party started the march past from Thawang of Rolpa on November 8 and would conclude in Holeri, said CPN-M. Meanwhile, the CPN-M organized Deusi Bhailo program asking the public not to vote in the upcoming election. Dharendra Dangi रोल्पा । ०७० कात्तिक २२ गते, सशक्त र सक्रिय रुपमा आगामी मंसिर ४ गतेको संविधानसभा सदस्यको निर्वाचन बहिस्कारमा लागेको नेकपा-माओवादीले निर्वाचन आचारसंहितना विपरीत उसले नेता कार्यकर्ताहरूसहित थवाङबाट क्षेत्रस्तरको मार्चपास सुरु भएको छ । निर्वाचन बहिस्कारको लागि जिल्लामा बलियो तयारी प्रदर्शन गर्न नेकपा-माओवादी रोल्पाले थवाङदेखि होलेरीसम्मको क्षेत्र स्तरको मार्चपास कात्तिक २२ गते सुरु गरेको हो । माओवादीको उद्गम र आफ्नो एक्लौटी भनिएको थवाङबाट नेकपा-माओवादीका नेता कार्यकर्ता तथा युवा जनस्वयंसेवकहरूले थवाङबाट सुरु भएको मार्च पास होलेरीसम्म हुने बताइएको छ । निर्वाचनको बहिस्कारको लागि तयारी स्वरुप उत्तरी थवाङबाट दक्षिणी होलेरीसम्म २/३ दिन लगाएर मार्चपास हुने नेकपा-माओवादी रोल्पाका इन्चार्ज केशबहादुर बाठा सुभासले जानकारी दिए । क्षेत्र नं. २ का सम्पूर्ण युवा, कार्यकर्ताहरूको सहभागिता रहेको उनले बताए । जिल्ला इन्चार्ज सुभासले नेतृत्व गरेको सो मार्चपासको कात्तिक २२ गते थवाङमा औपचारिक कार्यक्रम गरी उद्घाटन गरिएको हो । माओवादीका केन्द्रीय सल्लाहकार नन्दबहादुर बुढाले सो कार्यक्रम उद्घाटन गरेका थिए । सो मार्चपास बीचसम्म पनि रोक्न सकिने र समय र तयारी अनुरुप अगाडि बढ्ने सुभासले बताए । यसैबीच, निर्वाचन बहिस्कारमा लागेको नेकपा-माओवादीका नेता कार्यकर्ताहरूले निर्वाचन बहिस्कारका पक्षमा देउसीभैलो खेलेर सबैलाई भोट नदिन प्रचार गरेको छ । तिहारको अवसरमा नेकपा-माओवादीले भैलो खेल्दै निर्वाचन बहिस्कार गर्न आग्रह गरिएको हो । नेकपा-माओवादीका क्षेत्र नं. २ का सहइन्चार्ज मानबहादुर केसी दर्शनको नेतृत्वमा गैरीगाउँ लगायतका क्षेत्रमा निर्वाचन बहिस्कार गरौं भन्दै भैलो खेलिएको नेकपा-माओवादीले जनाएको छ । यसपालिको तिहारमा भैलो खेलिन्छ, आगामी निर्वाचन बहिस्कार गरिन्छ, निर्वाचन बहिस्कार गरौं लगायतका नारासंगै भैलो खेलिएको युवा इश्वर केसीले बताए । धरेन्द्र डाँगी

0 Comments

Related Reports
Related Trend Analysis