Incident Reports

Clash between UCPN-M, UML Cadres, Four Injured

2013-11-08

Sindhupalchok, UCPN-M ra UML karyakarta bich jhadap, 4 jana ghaitee. Sindhupalchok/November 8 Four UCPN-M cadres have been injured in a clash that occurred between the UCPN-M and UML cadres in Phulpinkot VDC-6 on November 8 at around 3 pm. The injured were identified as Ganesh Shrestha, Tulanath Ghimire from Baramchi VDC, Sukadev Paudyal from Hagam VDC. The UCPN-M informed that the injured have been rushed to Barhabishe Hospital on the same day. Issuing a press statement, UCPN-M has condemned the incident on the same day saying the UML cadres attacked their cadres during their peaceful election campaign. A vehicle used by the UCPN-M candidate was also vandalized in the incident, said UCPN-M. Publicity Department Chief of UML District Office Yagyaraj Sapkota informed that the local UML cadres had attacked them to protest the UCPN-M's violent behavior. DSP at District Police Office Bharat Bahadur Bohora said that the situation was normal when the police from Barhabisshe Area Police Office reached at the incident site. Natibabu Dhital सिन्धुपाल्चोक । ०७० कात्तिक २२ गते, चुनावी प्रचार/प्रसार गर्ने क्रममा एमाओवादीका कार्यकर्ता फुल्पीङकोट गाविस-६ स्थित च्यानडाँडाँ पुग्दा एमाले कार्यकर्तासँग जम्काभेट हुँदा कात्तिक २२ गते दिउँसो ३ बजे झडप भएको छ । झडपमा एमाओवादीका चारजना कार्यकर्ता घाइते भएका छन् । घाइते हुनेहरूमा हगाम गाविस घर भएका गणेश श्रेष्ठ, बराम्ची गाविसका तुलानाथ घिमिरे, सुकदेव पौड्याल र रेशम सुन्दास रहेका छन् । घाइतेहरूलाई उपचारको लागि बाह्रबिसे अस्पताल तर्फलगिएको एमाओवादीले जनाएको छ । एमाओवादीका जिल्ला इन्चार्जले कात्तिक २२ गते साँझ एक प्रेस विज्ञप्ति प्रकाशन गरी मर्यादित पूर्वक चुनावी कार्यक्रम गरिरहेको बेला आफ्ना कार्यकर्ताहरू माथि नेकपा एमालेका कार्यकर्ताले लुकेर आक्रमण गरेको भन्दै घटनाको विरोध गरेका छन् । एमाओवादीको प्रचारमा गएको गाडी समेत सो ठाउमा तोडफोड गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ । घटनाबारे नेकपा एमालेको जिल्ला पार्टी कार्यालयमा सम्पर्क गर्दा एमाओवादीले उदण्ड स्वभाव देखाएकाले एमालेका स्थानीय कार्यकर्ताले प्रतिकार गरेको प्रचार विभागका प्रमुख यज्ञराज सापकोटाले बताए । घटनास्थलमा बाह्रबिसे इलाका प्रहरी कार्यालयबाट सुरक्षाकर्मी पुगेको र हाल अवस्था सामान्य भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी भरतबहादुर बोहराले बताए । जिल्लाको निवाचन क्षेत्र नं. २ अन्तर्गत रहेको यस गाविसमा अघिल्लो चुनावहरूमा पनि यस्ता झडपहरू भएका थिए । अहिलेको निर्वाचनमा पनि एनेकपा माओवादीको तर्फबाट अग्नीप्रसाद सापकोटा र नेकपा एमालेको तर्फबाट सुभाष कर्माचार्य प्रत्यक्षतर्फ उम्मेदवार बनेका छन् । नातिबाबु धिताल

0 Comments

Related Reports
Related Trend Analysis