Incident Reports

Election Office Tell MJF-N Candidate to Follow Election Code

2013-11-09

Saptari, Ummedhwar lai aacharan palana garna nirdeshan. Saptari/ November 9, The District Election Office of Saptari has directed the poll candidate Chandra Narayan Yadav of Madhesi Janadhikar Forum Nepal (MJF-N) from constituency no. 2 to follow the election code of conduct. The poll candidate has been accused that his brother Dr Surya Narayan Yadav has been distributing medicine and free health services to the public from the election publicity office of MJF-N. Monitoring Officer Rakesh Mani Upadhyaya said that Yadab was warned after a complaint was filed against him. Manohar Kumar Pokhrel सप्तरी । ०७० कात्तिक २३ गते, क्षेत्र नं. २ मा मधेशी जनअधिकार फोरम नेपालका तर्फबाट प्रत्यक्ष उम्मेदवार चन्द्रनारायण यादवलाई आचारसहिंता विपरीत काम नगरी प्रचार-प्रसारसम्बन्धी आचरण पालना गर्न जिल्ला निर्वाचन कार्यालयले कात्तिक २२ गते निर्देशन दिएको छ । यादवका दाजु डा. सुर्यनारायण यादवले मतदातालाई प्रभाव पार्ने उद्देश्यले निशुल्क स्वास्थ्य जाँच तथा औषधी वितरण गरेको भन्दै कात्तिक २० गते उजुरी परेकाले सचेत गराइएको अनुगमन अधिकृत राकेशमणी उपाध्यायले जनाए । क्षेत्र नं. २ को चुनाव प्रचार-प्रसारको कार्यालयमै बसेर डा. यादवले निशुल्क स्वास्थ्य जाँच र औषधी वितरण गरी भाई चन्द्रनारायणको पक्षमा मत मागेको भन्दै उजुरी परेको उपाध्यायले बताए । डिमन गाविस-६ का डा. यादव घर आएका बेला स्थानीयवासी स्वास्थ्य जाँच गराउन आउने गरेको भए पनि उम्मेदवारका पक्षमा मत नमागेको यादवले बताए । मनोहरकुमार पोखरेल

0 Comments

Related Reports
Related Trend Analysis