Incident Reports

Election Assembly in School Premises Continue

2013-11-12

Taplejung, Bidhlayama chunabi sabha jaari. Taplejung/ November 12, The major parties, UCPN-M, UML and NC have continued to organize the election assemblies in the school premises in the district. The UML organized the election assembly at Sigheshori Secondary school in constituency no. 1 and UCPN-M organized election assembly at Janata High School in Hangdeva on November 12. The parties have been continuing series of violation of code of conduct in the district. The election office has sent warning letters to parties not to hold election assemblies in districts. The parties had handed over the schedule of assembly mentioning venue as "Near School". Devraj Gurung ताप्लेजुङ । ०७० कात्तिक २६ गते, एकिकृत नेकपा माओवादी, नेपाली काङ्ग्रेस र नेकपा एमालेले विद्यालयमा चुनावी सभा जारी राखेका छन् । क्षेत्र नं. १ अन्तर्गत एमालेले सिंहेश्वरी मावि आङ्खोप र माओवादीले जनता उच्च मावि हाङ्देवामा कात्तिक २६ गते चुनावी सभा गरेको छ । सदरमुकामदेखि हाङ्देवा एक घन्टामा पुगिन्छ । दलहरुले आचार संहिता विपरीत विद्यालयमा चुनावी सभा जारी राखे पनि निर्वाचन अधिकृतको कार्यालय मौन देखिन्छ । यद्यपी यसअघि निर्वाचन अधिकृतको कार्यलयले आचारसंहिता विपरीत विद्यालयमा चुनावी सभा नगर्न निर्देशन सहितको पत्र पठायो । दलहरुले 'विद्यालय छेउ' भनेर चुनावी सभाको तालिका कार्यालयलाई बुझाए पनि दलहरूले कात्तिक २९ गतेसम्म बनाएको चुनावी सभाको तालिका अनुसार कार्यक्रम स्थल विद्यालय नै रहेको छ । यसैबीच, ताप्लेजुङमा शिक्षकहरू आफू निकटका दलका उम्मेदवारका लागि भोट माग्न ब्यस्त बनेका छन् । महेन्द्र प्रावि ओलाङचुङ गोलाका शिक्षक तथा नेपाल शिक्षक युनियन ताप्लेजुङका अध्यक्ष छत्रपति प्याकुरेल र भानु जन उच्च माविका प्र.अ. मातृकाप्रसाद भट्टराई एमालेको चुनावी सभामा भाषण गर्न तथा भोट माग्न व्यस्त देखिएका छन् । यता नेपाली काङ्ग्रेसका लागि बाल सुबोधिनी संस्कृत उच्च माविका शिक्षक तथा नेपाल शिक्षक युनियनका जिल्ला सचिव रामहरी निरौला पार्टी कार्यालयमै व्यस्त बनेका छन । अखिल नेपाल शिक्षक संगठनका जिल्ला अध्यक्ष सुरेन्द्रराज पालुङवा शिक्षकहरूको कार्यक्षेत्र बाँडफाडमा व्यस्त देखिएका छन् । दलहरूको चुनावी सभाको कार्यतालिका सार्वजनिक भएलगत्तै शिक्षकहरू विद्यालयमा पढाउन भन्दा बढि भोट माग्न व्यस्त बनेका हुन् । देवराज गुरुङ

0 Comments

Related Reports
Related Trend Analysis