Incident Reports

NC Cadre Injured by UCPN-M

2013-11-13

Lumbini, Rukum East, Sani Bheri

Rukum, UCPN-M ko aakrahaman ma NC karyakarta ghaitee. Rukum/November 13 NC cadre Khadga Bahadur Dangi has been injured in the attack by the cadres of UCPN-M in the election assembly of NC in Simli on November 13. Another 68-years-old woman was also injured in the attack. She sustained a head injury. The poll candidate of NC Gopal Jung Saha was scheduled to address the assembly. He was kept in control by UCPN-M for whole day. The poll candidate accused the police administration of not taking action against the accused. The police were deployed in huge number in the incident site, however, the situation could not be brought to normalcy. The cadres of NC were again attacked while they were on the way to home after they could not hold the program. The dispute started after the welcome gate of NC was set on fire by the cadres of UCPN-M. Adarsha KC रुकुम । ०७० कात्तिक २७ गते नेपाली काङ्ग्रेसले क्षेत्र नं. २ रुकुमको सिम्लीमा आयोजना गरेको चुनावी सभामा एमाओवादी कार्यकर्ताले कात्तिक २७ गते आक्रमण गर्दा काङ्ग्रेस महासमिति सदस्य खड्गबहादुर डाँगी, कार्यक्रम हेर्न पुगेकी ६८ वर्षीया एक बृद्धा घाइते भएको काङ्ग्रेस रुकुमले जनाएको छ । घाइते महिलालाई समेत मेडिकलमा उपचार नगरिदिन मेडिकलकर्मीलाई धम्की दिएको काङ्ग्रेसले बताएको छ । उनको टाउकोमा गम्भीर चोट लागेको छ । सभामा सम्बोधन गर्न पुगेका काङ्ग्रेस उम्मेदवार गोपाल जी जङ्ग शाहलाई पनि एमाओवादीका कार्यकर्ताहरूले दिनभर कार्यक्रम स्थलमै थुनेर राखेको काङ्ग्रेस रुकुमले जनाएको छ । "म माथि आक्रमण भयो, प्रहरी प्रशासनले केही गर्न सकेन मुखदर्शक बन्यो" काङ्ग्रेस उम्मेदवार गोपाल जी जङ्ग शाहले बताए । घटना स्थलमा थुप्रो सख्यामा नेपाल प्रहरी, सशस्त्र प्रहरी खटिएको भए पनि स्थिति नियन्त्रणमा ल्याउन सकेको थिएन । जनार्दन शर्माको प्रत्यक्ष निर्देशन र रुकुमका प्रमुख जिल्ला अधिकारी भविश्वर पाण्डे र डिएसपी राजेन्द्र प्रसाद भट्टको असक्षमताको कारण काङ्ग्रेसले आफै सुरक्षा ब्यवस्था मिलाउदै कार्यक्रमहरू गदै आएको उम्मेदार शाहले बताए । यसैगरी, अवरोधका कारण कार्यक्रम गर्न नसकेर बास बस्न छिवाङ तिर फर्किरहेको समयमा बाटोमा समेत एमाओवादी कार्यकर्ताले आक्रमण गरेको काङ्ग्रेस नेताहरूले बताए । उक्त घटनाको बारेमा एमाओवादी नेताहरूले भने काङ्ग्रेस कार्यकर्ताहरूले आफ्नो स्वागतको लागि बनाएको गेटमा आगो लगाएपछि विवाद सुरु भएको बताएको छ । आदर्श के.सी

0 Comments

Related Reports
Related Trend Analysis